Wednesday, November 7, 2012

धुरु धुरु रोए राष्ट्रपति ओबामा

२२ कार्तिक,एजेन्सी। अमेरिकी राष्ट्रपति बाराक ओबामा चुनावी अभियानको
अन्तिम भाषणमा भावविभोर हुदै रोए। ओवामा अन्तिम चुनाव प्रसारको लागि इओवा
प्रान्तको डेस मोइसको भ्रमणमा थिए।
डेस मोइस त्यही ठाउँ हो जहाँबाटओबामाले अघील्लो राष्ट्रपति चुनावको लागि
आफ्नो प्रचार अभियान शुरु गरेका थिए ।
चुनावी भाषणमा ओवामाले भने-'म यहाँ यो कुरा सोध्न पुन आएको छू कि जुन
हामीले शुरु गरेका थियौ त्यसलाई पुरा गर्न मद्धत गर्नुस किन भने
परिवर्तनको लहर यहीँबाट शुरु भएको थियो'

उनले भने -'जव आलोचकले भने मैले गर्न सक्दिन,त्यतिबेला तपाईले भन्नु भएको
थियो,हामी गर्न सक्दछौ भनेर, सन २००८ मा इओवामा तपाईको आवाजले संसार
बदलिदिएको थियो ।'
ओवामले भने -'पछिल्लो चार वर्षमा हामिले वास्तविक प्रगती गरेका छौ,तर
हामी आज इओवामा छौ किन भने हामिलाई धेरैकाम गर्नु छ,जुन हामिले यो
यात्रामा अहिले सम्म गरेका छैनौ।हामिले अझै लामो यात्र तय गर्नु छ ।'
ओबामाले प्रत्येक व्यक्तिसंग सहयोगको अपिल गरे।
ओबामाले भने मेरो हातबाट सुबै उम्किसकेको छ र अव तपाईमाथि निर्भर छ,यति
भन्दै गर्दा उनको आँखाबाट आँसु निक्लिए उनि धुरु धुरु रोए ।

No comments:

Post a Comment