Monday, November 5, 2012

प्रधानमन्त्रीको सम्पत्ति छानबीन सुरु

२० कार्तिक, एजेन्सी । चिनियाँ प्रधानमन्त्री वेन जिया बाओ र उनकोको
श्रीमतीको नाममा अकुत सम्पत्ति रहेको समाचार हालै सार्वजनिक भएपछि सो
सम्बन्धमा छानबीन सुरु भएको समाचार छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बाओ र उहााको परिवारको नाममा
रहेको भनिएको सो सम्पत्तिको बारेमा आवश्यक छानबीन गर्न आज एक छानबीन
समितिबनाएको बताएको छ ।
प्रधानमन्त्री वेनको अनुरोधमानै सो समिति गठन गरिएको पनि समाचारमा
जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिलाई नै पत्र लेखी
अनुसन्धानका लागि अनुरोध गर्नुभएको बताइएको छ ।
ङकङबाट प्रकाशित हुने हङकङ पोष्टमा आज सो छानबीन समिति गठनभएको समाचार
छापिएको छ । प्रधानमन्त्री वेन पनि सो स्थायी समितिको सदस्य हुनुहुन्छ ।
चिनियाा कम्युनिष्ट पार्टीको स्थायी समिति चीनमा नीति निर्माण गर्ने
सर्वाच्च निकाय हो । सो निकायले उक्त सम्पत्तिका बारेमा आवश्यक तथ्य
पत्ता लगाउने बताइएको छ ।
यसअघि अमेरिकाको पत्रिका न्युयोर्क टाइम्सले प्रधानमन्त्री वेन र उहाँको
श्रीमतीका नाममा विभिन्न क्षेत्रमा व्यक्तिगत सम्पत्तिरहेको समाचार
गतहप्तामात्र छापेको थियो ।
विशेष एवम् अनुसन्धानमूलक समाचार शीर्षकमा छाफिएको सो समाचारमा
प्रधानमन्त्री वेन र उहााका परिवारका नाममा कम्तीमा पनि २ अर्ब ७० करोड
अमेरिकी डलर बराबरको सम्पत्ति रहेको समाचार सम्प्रेषण गरेको थियो ।
रासस/एएफपी

No comments:

Post a Comment