Friday, November 30, 2012

हैसियत खोज्दै नेकपा-माओवादी शीतलनिवासमा

१५ मंसिर काठमाडौं । नेकपा-माओवादीले सहमतिको प्रयासमा हुने छलफलमा
आफूहरुलाई पनि सहभागी गराउन राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरुले शुक्रवार बिहान राष्ट्रपति डा.
रामवरण यादवलाई शीतलनिवासमा भेटेर यस्तो आग्रहगरेका हुन् । चार दलले
मात्र गरेको सहमति मान्य नहुने उनीहरुले राष्ट्रपतिलाई चेतावनी दिएका छन्

'संविधानसभामा असफलसिद्ध भइसकेका चार दललाई मात्र बोलाउने र छलफल गर्ने
प्रक्रियाको हामीले विरोध गरेका छौं' राष्ट्रपतिसँग भेटपछि प्रवक्ता
पम्फा भुसाललेअनलाइनखबरसँग भन्नुभयो-'हामीसहित सबैको सर्वपक्षीय छलफलबाट
निकास खोजिनुपर्छ, चारदलको सहमति मात्र मान्दैनौं भनेर हामीले प्रष्ट
पारेका छौं ।'
नेकपा-माओवादीले आफूहरुले प्रस्ताव गरेको गोलमेच सम्मेलनमा अन्य दलको
असहमति भए सर्ववपक्षीय सम्मेलन गरी निकासखोज्न सुझाव दिएको छ । आफूहरुसँग
विघटित संविधानसभाका ९१ सभासद् रहेको र नयाँ पार्टी गठनबारे निर्वाचन
आयोगलाई जानकारी गराइसकेको भन्दै उनीहरुले माओावदीको हैसियत बुझ्नसमेत
आग्रह गरेका छन् ।
'विघठित संविधानसभाका ९१ सभासद हामीसँग छौं, त्यो आधारमा हामी तेस्रो
ठूलो दल हौं' भुसालले भन्नुभयो-'गठवन्धनका नाममा एक सिट भएका दललाई पनि
बोलाउने काम भएको छ । हामीले राष्ट्रपतिलाई हाम्रो हैसियत के हो प्रष्ट
पार्नुस् भनेका छौं ।' जवाफमा राष्ट्रपतिले भने व्यवहारिक हिसावले मात्र
प्रमुख चार दल भनेको बताउनुभएको थियो । प्रचण्डपक्षसित अलग भएको
नेकपा-माओवादीले यसअघि नै प्रधानमन्त्रीका रुपमा रामबहादुर थापा बादलको
नाम अघि सारिसकेको छ ।

No comments:

Post a Comment