Thursday, November 29, 2012

‘राष्ट्रपतिलाई राजीनामा थमाएँ, तर लिनुभएन’ : प्रधानमन्त्री

१४ मंसिर, बागलुङ । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले राष्ट्रपति
रामवरण यादवसमक्ष पदबाट राजीनामा दिए पनि उनले अस्वीकार गरेको खुलासा
गरेका छन्।
बागलुङ, बुर्तिबाङमा बुधबार एकीकृत सेवा केन्द्र उद्घाटन गर्न आएका
प्रधानमन्त्री भट्टराईले भने, 'मंसिर ७ गते राजीनामा लिएर राष्ट्रपतिकहाँ
गएँ। उहाँले राजीनामा नदिनुस्, सहमति गरेर आउनुहोस्
भन्नुभयो।राजीनामापत्र अझै सुरक्षित राखेको छु।' प्रतिपक्षीहरू सहमतिमा
आउन नचाहेकाले राजनीतिक गतिरोध ज्युँकात्युँ रहेको उनको भनाइ छ।
प्रतिपक्षी दलहरू अलमलमा परेकोऔंल्याउँदै प्रधानमन्त्री भट्टराईले आफ्नै
नेतृत्वमा राष्ट्रिय सहमति सरकार बन्ने सम्भावना पनि औंल्याए। 'संसदले
चुनेको सरकारले नै चुनाव गराउने विश्वव्यापी मान्यता हो। सरकारले आगामी
वैशाखमा चुनावको घोषणा गरिसकेको छ। मुलुकको परिस्थिति असहज छ, त्यसैले
निकासका लागि राजीनामादिन तयार भएको हुँ,' उनले भने नागरिक दैनिकमा खबर छ

आफूले राजीनामा थमाउँदासमेत सहमतिमा नआउनु परिवर्तन चाहने र नचाहनेबीचको
लडाइँ भएको उनको भनाइ थियो। 'संवैधानिक बाधाअड्चन फुकाउने तथा चुनावलाई
स्वतन्त्र र निष्पक्षबनाउनेबारे सहमत गर्नुको विकल्प छैन। तर, प्रतिपक्षी
दलहरू सहमतिमा आउन चाहँदैनन्,' उनले भने।
प्रधानमन्त्री पदका लागि १५-२० जना आकांक्षी बनेकाले सहमति हुन नसकेको
बताउँदै उनले भने, 'कानुनी अड्चन, चुनावको मिति घोषणा, प्राप्त उपलब्धि
रक्षाबारे छलफल भएको छैन। प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित
हुँदा सहमतिजुटेको छैन।'
संवैधानिक अस्पष्टताका कारण शीतल निवास र बालुवाटारबीच मनमुटाव देखिएको
उनले बताए। मन्त्रिपरिषदमा कार्यकारी अधिकार रहेकाले राष्ट्रपतिले
मन्त्रिपरिषदको सिफारिसमात्र कार्यान्वयन गर्न मिल्ने उनले दोहोर्‍याए ।

No comments:

Post a Comment