Saturday, November 10, 2012

सबै नेपाली काममा फर्किए, ३ सयभन्दा बढी पाकिस्तानी घर

काठमाडौं, कार्तिक २५ - खाना खाने बेला मेसमा पालो मिचेको विषयलाई लिएर
साउदी अरबीको एक कम्पनीमा भएको झगडापछि क्याम्पबाहिर बसेका नेपाली काममा
फर्केका छन् । नेपालीसूग झगडा गर्ने तीन सयभन्दा बढी पाकिस्तानीलाई भने
कम्पनीले घर पठाइदिएको छ । राजधानी अवुधाबीको हमिमस्थित ग्यास उद्योगका
लागि काम गर्ने डोड्सल इन्जिनियरिङ कम्पनीमा नेपाली र पाकिस्तानीबीच
झगडाले हिंसात्मक रूपमा लिन थालेपछि कम्पनीले २ सय ३० भन्दा बढी
नेपालीलाई सुरक्षाका लागि टाढाका चारवटा क्याम्पमा राखेको थियो ।
राजधानीबाट २ सय किमिभन्दा टाढा राखिएका सबै नेपाली कामदारहरू काममा
फर्किसकेको त्यहाू कार्यरत नेपालीले जनाएका छन् । 'हामी सबै फर्केर
काम गरिरहेका छौं, हामीसूग झगडा गर्ने पाकिस्तानीलाई कम्पनीलेघर
पठाइदियो,' कम्पनीमा कार्यरत ओख्रे- ६, तेह्रथुमका खगेन्द्र लिम्बुले
कान्तिपुरलाई भने, 'अहिले त कम्पनीमा कुनै पाकिस्तानी पनि देखिूदैनन् ।'
नेपालीहरू एक सातापछि काममा फर्किएका थिए भने पाकिस्तानीलाई पालैपालो गरी
घर पठाइदिएको उनले बताए ।
मेसमा थाल लिएर पालो बसिरहेका बेला एक पाकिस्तानी बीचमा घुस्दा नेपालीले
आपत्ति जनाएपछि ती पाकिस्तानीले हातको रित्तो थालले हान्दा घटनाले
उग्ररूप लिएको थियो । घटनाको भोलिपल्ट नेपाली मिलेर पाकिस्तानीलाई कुटेका
र त्यसपछि सोही कम्पनी र अन्य कम्पनीका पाकिस्तानी मिलेर पटक- पटक
नेपालीलाई कुट्न थालेपछि घटनाले उग्ररूपमा लिएको थियो ।
'नेपालीको पक्ष लियो भनेर पाकिस्तानीहरूले अरू देशकासूगपनि झगडा गर्न
थालेपछि कम्पनीले घर पठाइदिएको हो,' नौसार, लमजुङका लालबहादुर किसानले
भने, 'कम्पनीमा १२ जनाजति ग्रुप फोबाट नेपाली सेक्युरिटी पनि ल्याएर
राखेको छ ।' कम्पनीले ओटीसमेत बढाइदिने भनेर नेपालीलाई आश्वासन दिएको
उनले सुनाए ।
अवुधाबीस्थित नेपाली दूतावासले घटना साम्य भइसकेको जनाउूदै नेपाली
इमान्दार र लगानशील भएकाले कम्पनीले सुरक्षित राखेर काममा पुनः फर्काएको
जनाएको छ । 'नेपालीहरू इमान्दार र अरूभन्दा 'लेस प्राब्लोम्याटिक' -कम
समस्यायुक्त) भएकाले सकुशल काममा फर्काएर राखेको छ,' दूतावासले भनेको छ,
'अहिले कसैबाट पनि फेरि समस्या पर्‍यो भनेर खबर आएको छैन ।'
प्रकाशित मिति:

No comments:

Post a Comment