Sunday, November 11, 2012

बर्मामा शक्तिशाली भूकम्प, ६ को मृत्यु

२६ कात्तिक, काठमाडौं । बर्मामा आइतबार ६ दशमलव ६ रेक्टर स्केलको
शक्तिशाली भूकम्प गएको छ । स्थानीय समाचार एजेन्सीलाई उदृत गर्दै एपीले
जनाए अनुसार कम्तिमा १२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
बर्माको मध्य भागतिर स्थानीय समयअनुसार बिहान पौने ८ बजे गएको भूकम्पको
धक्का छिमेकी देश थाइल्याण्डमा समेत महसुस गरिएको थियो ।
भूकम्पको केन्द्र बर्माको दोस्रो ठूलो शहर मन्डाले शहरबाट करिब १ स य १७
किलोमिटरको दूरीमा जमिनभन्दा १०किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले
जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने थुप्रो बौद्ध गुम्बा
र स्तुपाहरु समेत भत्किएको अधिकारीहरुले बताएका छन् ।

No comments:

Post a Comment