Tuesday, October 9, 2012

श्रीलंकाले हारेपछी दुई युवाले गरे आत्महत्या

२२ असोज, एजेन्सी । टि-२० विश्वकप क्रिकेट २०१२ को फाइनल खेलमा श्रीलंका
पराजित भएपछी हतास भएका श्रीलंकाका दुई युवाले आत्महत्या गरेका छन् ।
कोलम्बोका १७ वर्षीय आशान लक्षिता गाल फेस प्रोमेनेडमा ठूलो स्क्रिनमा
खेल हेरेर घर फर्केपछी कोठामा फाँसी लगाएर आत्महत्या गरेका हुन् भने २१
वर्षीय महेन्द्रन सुरेशले खेल हेरेर फर्केपछी कोठामा पाँसी लगाएर
आत्महत्या गरेका हुन् ।
टि-२० विश्वकपको फाइनलमा श्रीलंका वेष्ट इण्डिजसँग ३६ रनले पराजित भएको थियो ।
श्रीलंका २००७ को वनडे विश्वकप, २००९ को टि-२० विश्वकप, २०११ को वनडे
विश्वकप, र २०१२ को टि-२० विश्वकप गरी चार पटक फाइनलमा प्रवेश गरेपनि
कुनै पनि प्रतियोगितामा जित हासिल गर्न सकेको छैन् ।
Comments:

No comments:

Post a Comment