Thursday, October 4, 2012

प्रधानमन्त्री आउँदा जताततै कालो आतंक

असोज, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार विहान विराटनगर
विमानस्थलमा अवतरण हुनुअघिनै सुनसरी र मोरङमा कालो आतंक थियो । 'माथिको
निर्देशन'
भन्दै सुरक्षाकर्मीले कालो लुगा लगाउने व्यक्तिमाथि पनि निगरानी गरेका
थिए । प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको ध्यानै कालो
मा केन्द्रीत थियो । गोठगाउँमा आयोजित पूर्वाञ्चल विश्वविद्यालयको छैटौ
दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री आउने भनेपछि सुरक्षाकर्मीले
कालो बस्त्रलाई निषेध गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कालो
लुगा लगाउने कसैलाई पनि विश्वविद्यालय भित्र छिर्न नदिएको गोठगाउँका
स्थानियबासीले जानकारी दिएका छन् । सुरक्षाकर्मीले कि त कालो लुगा फेरेर
आउन अथवा कार्यक्रम स्थल भित्र नजान निर्देशन दिएको उनले बताए । कालो
लुगा लगाउनेलाई विश्व विद्यालय भित्र छिर्नै नदिने सुरक्षाकर्मीको
व्यवहार देखेर स्थानियबासी चकित भएका थिए ।

No comments:

Post a Comment