Wednesday, October 3, 2012

रक्सी र चुरोटको भन्दा खराब बन्दैछन् यी ५ लत...

यदी कुनै मानिसलाई सबैभन्दा खराब तल के हो भनेर सोध्ने हो भने सायद रक्सी
र चुरोटको नाम लिन्छ होला तर बदलिँदो जमानामा खराब तलहरू पनि बदलिँदै
जाने गर्छन् । मानिसहरूले समय अनुसार आफूलाई परिवर्तन गर्ने सदिँयौ
देखीको नियमलाई मिचेर अगाडि बढ्न पनि सक्दैन । मानिसको सबैभन्दा खराब तल
कुनै बेला रक्सी र चुरोट रहेको थियो भने अहिले समयको चक्रसँगै खराब तलहरू
पनजि फेरिएका छन् । मानिस रक्सी र चुरोटभन्दा पनि अरू तलमा फस्दै गएको छ
। यहाँ केही त्यस्ता तलहरू छन् जुन अहिलेको समयमा फस्टाउँदै गएका छन्: १.
ईन्टरनेट: मानिसको एउटा अभिन्न अंगको रूपमा नै विकसित भैसकेको ईन्टरनेट ।
हामीमध्ये कति त अब इन्टरनेट बिना बाच्न पनि नसक्ने भइसकेका छन् । केही
समय मात्र हामी ईन्टरनेटबाट छुट्टिनुपर्यो भने हामीलाई उकुसमुकुस नै
हुन्छ । हामी अबको संसारमा सायद ईन्टरनेट बिना अपूरो नै हुन्छौ । २.
भीडियो गेम: ईन्टरनेटको दुनियाँलाई छोडेर केही मानिस भीडियो गेमको
दुनियाँमा रमाईरहेका छन् । भीडियो गेममा रूचीराख्ने मानिसहरू प्राय खाना
खान नै छाडेर अथवा भनौ खाना खान नै बिर्सेर गेम खेल्नमा नै तल्लिन भएको
देख्न पाइन्छ । भीडियो गेम भन्दा बाहिरको संसारमा केही मानिसहरू आउन नै
चाहँदैनन् । ३. टेलिभिजन: जेएल बेयर्डले मानिसलाई विश्वका हरेक खबर
प्रदान गर्न सक्ने उपकरणको रूपमा टेलिभिजनलाई हामीसामू ल्याईदिए । समयको
परिवर्तनसँगै गुफाबाट गाउँ र गाऊँबाट शहरमा छिरेका मानिसहरू आफ्नो मात्र
नभई विश्वभरिका मानिस र ठाउँमा के भइरहेको छ भनेर जानकारी राख्न थालेको छ
। टेलिभिजनमा आउने हरेक आफ्नो रूचीको कार्यक्रम जसरी पनि मानिस हेर्नको
लागी तयार हुन्छ, त्यो या त बेलुका होस् या कामको समयमा होस् या त राती
नै होस् । मानिस आफ्नो रूचीको कार्यक्रम हेर्नका लागी मरिहत्ते गर्छ । यो
पनि एउटा हटाउन गाह्रो हुने एक तल नै बनिसकेको छ । ४. सपिङ:मानिसले
आफ्नो आवश्यकता अनुसार किनमेल गर्ने गर्छ तर अहिले देखाउनकै लागी भएपनि
सपिङ गर्ने चलन बढिरहेको छ । अरूलाई देखाउन होस् या अरूको देखासिखी गरेर
होस् मानिसले सपिङ गर्न थालेका छन् । मानिसले गर्ने सपिङ पनि एउटा फेसन
तथा तलको रूपमा नै विकसित भइरहेको छ । ५. कफी: मानिसले बिहान उठ्ने
बित्तिकै चिया या दुध खाने प्रचलनलाई अहिले कफीले विस्थापित गर्दैछ ।
मानिसले आजकल सकेसम्म कफीको नै प्रयोग गर्न थालेका छन् । यतीले मात्र त
यसलाई खराब तल भन्न मिल्दैन तर जब कुनै व्यक्ति अफिसमा पुग्छ या कुणै
रेष्टुरेन्टमा पुग्छ या भनौ आफ्नो अन्य कुनै कार्यक्षेत्र या घरभित्र कफी
नै प्रयोग गर्न रुचाउँछ । साथीभाईसँग भैटघाट हुँदा होस् या अफिसको कामका
लागि कुणै अर्को मानिससँगको भेटघाटमा होस् सबैलाई सहज हुने पेय पदार्थको
रूपमा कफी विकसित हुँदैछ । यसलाई पनि एउटा तको रूपमा नै हेर्न सकिन्छ ।
Comments:

No comments:

Post a Comment