Monday, October 8, 2012

उखुवारीमा भेटियो नवजात शिशु

२२ असोज, रौतहट । उखुवारीमा वेवारिसे अवस्थामा रहेको नवजात शिशुको उद्धार
गरिएको छ ।रौतहटको कटहरिया २ स्थित वलिरामपुर टोलमा रहेको उखुवारीमा
सोमवार बिहान रोई राखेको अवस्थामा फेला परेको शिशुको उद्धार गरिएको हो ।
ईलाका प्रहरी कार्यलय कटहरियाको गस्ति टोलीले फेला पारेको शिशुलाई
प्रथामिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार प्रश्चात स्थानिय अशोक कुमार
साहलाई पालन पोषणका लागी जिम्मा लगाइएको छ । ईलाका प्रहरी कार्यलय
कटहरियाका प्रहरी नायव निरिक्षक शोभन विक्रम राणा, प्रथामिक स्वास्थ्य
केन्द्र कटहरियाका अहेव निर्मल श्रीवास्तव, स्थानिय समाजसेवी,
सञ्चारकर्मीहरु सहितको रोहवरमा सो वालिका साहलाई जिम्मा लगाइएको ईलाका
प्रहरी कटहरियाले जनाएको छ ।

No comments:

Post a Comment