Monday, October 8, 2012

राष्ट्रपति प्रहरीको फन्दामा

२२ असोज, एजेन्सी (माल्दिभ्स) । माल्दिभ्सका निवर्तमान राष्ट्रपति
मोहम्मद नसिद पक्राउ परेका छन । राष्ट्रपति नसिदलाई माल्दिभ्सको
प्रहरीलेआज पक्राउगरी थुनामा राखिएको समाचार उहाँको दलले सोमबार विहान
दिएको छ । निवर्तमान राष्ट्रपति मोहम्मद नसिदलाई उहाँकै शब्दमा अपदस्थ
गरिएपछिका दिनहरुमा त्यहाँ राजनीतिक अस्थिरता गहिरिँदै गएको थियो ।
समाचारहरुमा उहाँलाई सरकारले यसअघि उहाँको कार्यकालमा गरिएको भनिएको
अनियमितताका लागि बयानमा बोलाएको थियो ।
पूर्व राष्ट्रपति नसिदले भने सो बयान बहिस्कार गर्दै आएकाले उनलाई
माल्दिभ्स प्रहरीले पक्राउ गर्नसक्ने अनुमानसहितका समाचारहरु केही
दिनयतादेखि नै आइरहेका थिए । माल्दिभ्सको इतिहासमा सन् २००८ मा सम्पन्न
पहिलो पटकको प्रजातान्त्रिक निर्वाचनमा उनी राष्ट्रपतिमा निर्वाचित भएका
थिए । यसअघि करिब चार दशकसम्म शासन गरेका राष्ट्रपति मौमुन अब्दुल
गैयूमलाई नसिदले पराजित गरेका थिए ।
उनको कार्यकाल पूर्ण हुन नपाउँदै गत वर्ष नै प्रहरी विद्रोह गरी अपदस्थ
गरिएको बताइएको छ । तर सरकारले भने सो आरोपको खण्डन गर्दै आएको छ ।
मालदिभियन डेमोक्रेटिक पार्टीका प्रवक्ता हमिद अब्दुल गफुरले आज विहान
मालद्वीपमा सुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा उनलाई सोही
स्थानबाटै पक्राउ गरिएको जानकारी दिएका छन ।
राजधानी मालेको नजिकै जारी रहेको प्रदर्शनस्थलबाट प्रदर्शनकारीहरुकै
माझबाट उनलाई पक्राउ गरिएको जानकारी विज्ञप्तिमार्फत दिइएको छ । नसिदलाई
आफ्नो कार्यकालसँगै जोडिएर गरिएको एक अनुसन्धानका क्रममा अदालतले
अनुसन्धानका लागि बोलाएकोमा उनी अनुपस्थित हुँदै आएका थिए । हिजोमात्र
मालद्वीपको विशेष अदालतले नसिदलाई पक्राउको आदेश जारी गरेको समाचारमा
जनाइएको थियो । सो आदेशको एकदिनपछि आज उनलाई पक्राउ गरिएको छ ।
प्रहरी विद्रोह गराइ कू को प्रयास गरिएकोले आफुले राजिनामा दिन बाध्य
भएको नसिदले बताउदै आएका छन । नसिदकोअनुसन्धानका लागि सो अदालतमा स्थापना
गरिएको तीन सदस्यीय न्यायाधीशको विशेष इजलासले उनलाई अनुसन्धानका लागि
नियन्त्रणमा लिन आदेश दिएको थियो । आफ्नो कार्यकालको करिब तीनवर्षपछि नै
गत फेब्रुअरी महिनामा उनले राष्ट्रपति पदबाट राजिनामा दिनु परेको थियो ।
सरकार र सो विपक्षी दलको यो जुहारीकै क्रममा केही दिनमात्र अघि मारिएका
एकजना सांसदको हत्याको निवर्तमान राष्ट्रपति नसिदको दल मालदिभियन
डेमोक्रेटिक पार्टी(एमडिपी)लाई नै दोषारोपण गर्ने तयारी सरकारी
अधिकारीबाट भएको सो दलले बताउँदै आएको थियो । सो दलले विज्ञप्ति प्रकाशन
गरी केही दिनअघि मारिएका सांसद अफ्रासिम अलिको हत्यामा सो दलका केही
सभासद्हरुको हात रहेको भनी पक्राउ गरिएको जनाएको छ । हाल मालद्वीपको
प्रतिपक्षी दलको हैसियतमा रहेको सो दललाई हत्यामा दोषी देखाउने प्रयास
भएको सो दलले बताएको छ । सो हत्याको आशङ्कामाप्रहरीले पक्राउ गरेका
चारजनामा दुईजना सोही दलका सांसद रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
रासस/एएफपी
Comments:

No comments:

Post a Comment