Monday, October 8, 2012

३ वर्षदेखी आफ्नै दुई छोरी बलात्कार गर्दै आएका बाबु पक्राउ

२२ असोज, एजेन्सी । आफ्नै दुई छोरी बलात्कार गर्ने एकबाबु पक्राउ परेका
छन् । भारतको सिल्भाषाको मधुवन किलनीमा बस्दै आएका ५० वर्षीय तमिम
अन्सारीले गत ३ वर्षदेखी आफ्नै दुई छोरीको बलात्कार गर्दै आएका थिए।
अन्सारीले आफ्ना १८ वर्षीय र १५ वर्षीय छोरीमाथी निरन्तर बलात्कार गर्दै
आएका थिए । यो घटना तब सामुन्ने आयो जब ठूली छोरी गर्भवती भएको थाहा भयो
। ठूली छोरीको पेट निरतन्तर दुख्न थालेपछी डाक्टर कहाँ लैजाँदा छोरी
गर्भवति भएको आमाले थाहा पाएकी थिइन् । आमा र डाक्टर अगाडि उनले आफूलाई
बाबुले नै बलात्कार गर्दै आएको र यो बाबुकै कर्तुतबाट भएको बताएकी थिइन्
। उनले आफूलाई बलात्कार गर्ने र कसैलाई भने ज्यान मार्ने धम्की दिने
गरेकाले आफूहरुले कसैलाई पनि यो कुरा नभनेको उनीहरुले प्रहरीसामू बताएका
छन् ।
मेडिकल रिपोर्ट अनुसार पनि ती किशोरीहरुलाई आफ्नै बाबुले बलात्कार गरेको
खूलेको छ । प्रहरीले अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने
प्रहरीले यो घटनाका बारेमा किशोरीहरूकी आमालाई समेत थाहा भएको तर छोरीलाई
बाबुको अत्याचारबाट छुटकारा दिन कुनै काम नगरेको आशंका समेत गरेको छ ।
Comments:

No comments:

Post a Comment