Wednesday, October 3, 2012

युवापुस्ता विदेश गएपछि देश कसले बनाउँछ ? : प्रधानमन्त्री भट्टराई

असोज १७ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक अस्थिरतासँगै हरेक
समूहको आन्दोलनले गर्दा अहिलेको शिक्षित
युवापुस्तामा डरलाग्दो निरासावादी चिन्ता बढेको बताएका छन् । त्यसलाई
रोक्न समयसापेक्ष
राजनीति गर्नुपर्ने बताए। उनले स-साना कुरामा पनि चाँहिदो भन्दा बढी
राजनीति गर्ने नियतले
आन्दोलन गर्नाले शिक्षित युवापुस्तामा निरासावादी चिन्तन बढेको उनको भनाइ
थियो । 'निरङ्कुस राजतन्त्र बिरुद्ध आन्दोलन चर्काउने क्रममा उसबाट पनि
दमन भएकाले
गर्दा डरलाग्दो आन्दोलन नै गरी राजनीति गरेपनि अब भने हरेक कुरामा
शान्तिपूर्ण ढंगले
राजनीति गर्नुपर्छ,' आज मोरङ् गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयको छैठौ दिक्षान्त
समरोहमा प्रधानमन्त्री भट्टराईले भने। उनले आफ्नो जायज माग राख्न
शान्तिपूर्ण र लोकतान्त्रिक
ढंगले आन्दोलन गर्न पाइने स्वतन्त्रता भएपनि अराजक ढंगले आन्दोलन गर्नु
शोभनीय नहुने बताए। 'इतिहास रातरात परिवर्तन हुदैन, समय लाग्छ। त्यसैले
देश बनाउँन छाडेर शिक्षित युवापुस्ता विदेश
पलायन हुनुहुदैन,' भट्टराईले दीक्षित विद्यार्थीलाई सुझाव दिदै भने, 'देश
बनाउने तपाईँ युवा विदेश
हिँडेपछि देश कसले बनाउँछ?' उनले शिक्षित युवा आफ्नै मुलुकमा भविष्य खोज्नुपर्ने
त्यसका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताए।
प्रधानमन्त्री भट्टराईले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने काराखाना
बनेकोले गर्दा अब भने
स्वरोजगार उत्पादन गर्ने ढंगले अघि बढनुको विकल्प नभएको उनले बताए।
दीक्षन्त समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल
रुपान्तरणको प्रक्रियामा रहेकाले गर्दा संस्कृतिको विकासमा ध्यान
दिनुपर्नेमा जोड दिए। उनले
साँस्कृतिक विकासमा ध्यान दिएमा नेपालको सान र मानलाई विश्वमा कायमै
राख्न सकिने बताए। समरोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति
महेश्वरमान श्रेष्ठले विश्वविद्यालयलाई
राजनीतिबाट मुक्त गरिनुपर्नेमा जोड दिए।
पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र एक सय ४९ वटा सम्बन्धन
प्राप्त कलेजमा अध्ययनरत्त
६ हजार ६ सय ३६ जना विद्यार्थी दीक्षित भए।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बाबुराम भट्टराईले दीक्षित
कला, शिक्षाशास्त्र, कानुन
संकाय, व्यवस्थापन संकाय, चिकित्साशास्त्र संकाय, विज्ञान तथा प्रविधी
संकायमा अध्ययनरत्त विद्यार्थीलाई दीक्षित गरेका हुन्। सो क्रममा शैक्षिक
वर्ष ०६७/०६८ मा विभिन्न संकायमा सर्वोत्तम हुने २० जनालाई विभिन्न
पदकद्वारा सम्मान गरियो। विश्वविद्यालयका लागि पाँच वर्षअघि नै मोरङ्
गोठगाउँमा भवन निर्माण
भएपनि प्रयोग नआएर जीर्ण हुने अवस्थामा पुगेको अवस्थामा पहिलो पटक
गोठगाउँ क्षेत्रमा दीक्षान्त
समारोह आयोजना गरिएको हो। यसअघिका दीक्षान्त समरोह विराटनगरमै हुदै आएका थिए।

No comments:

Post a Comment