Thursday, October 4, 2012

चितुवाले फेरी बालीका खायो

१८ असोज, बैतडी । बैतडीको तल्लोस्वराडमा नरभक्षी चितुवाको आक्रमणबाट फेरी
एक बालीकाको मृत्यु भएको छ। आमचौरा गाविसको वडा ७ का कालु बहादुर चन्दका
छोरी ५ बषिर्य बालीका प्रीङका चन्दको मृत्यु भएको हो । आफ्नै घरको आगनमा
बसीरहेकी बालीका प्रीङकालाइ एक्कासी बाघले झोम्टिएपछि घट्नास्थलमै बालीको
मृत्यु भएको स्थानियले जनाएको छ ।
बैतडीको तल्लोस्वराडमा फैलिएको चितुवा आतङक नियन्त्रण्का लागी यथासिघ्र
पहल चाली दिनका लागी तल्लोस्वराडबासीहरुले सम्बन्धित निकायलाइ आग्रह
गरेका छन् । चितुवा आतङक बारे अध्ययन गर्न नेपाल सरकार बनमन्त्रलाय
अन्तर्गतको आरक्ष बिभागले २ जनाबन्यजन्तु बिसेसज्ञहरुलाइ लाइ
घट्नास्थलतर्फ पठाएको छ । बन्यजन्तु आरक्ष बिभागले बन्यजन्तु बिसेसज्ञ
बर्दिया राष्टिय निकुञ्जका सुमन मल्ल र शुक्लाफाटा बन्यजन्तु आरक्ष
कञ्चनपुरका बेन्ति राम चौधरीलाइ चितुवाको आतंकबारे बिस्तृत अध्ययन गर्नका
लागी घट्नास्थलतर्फ पठाएको नेकपा एमालेका पुर्व सभासद पुरन दयालले बताए ।
चितुवाको आक्रमणबाट ज्यान गुमाउने संख्या ११ पुगेको छ ।
Comments:

No comments:

Post a Comment