Wednesday, October 3, 2012

बाढीबाट ३ सयभन्दा बढीको मृत्यु

१७ असोज, प्योङ्गयाङ्ग । उत्तर कोरियामा हालै आएको बाढीबाट मर्ने
व्यक्तिको सङ्ख्या ३२५ पुगेको समाचारमा जनाइएको छ । उक्त बाढीबाट अझै
कयौं व्यक्ति बेपत्ता भएका छन् । सो समाचार समितिका अनुसार सो बाढीका
कारण छ सय जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य व्यापक रुपमा भएको
भए पनि अझैसम्म केही पत्तो नलागेको पनि समाचारमा उल्लेख छ । गत मध्य
जुनदेखि सेप्टेम्बरको मध्यसम्म आएको सो बाढीले ८७ हजार २५० वटा घर
ध्वस्त भएको समाचारमा उल्लेख छ । त्यसैगरी दुई लाख ८९ हजार ५० वटा घरहरू
क्षतीग्रस्त भई करिब तीनलाख स्थानीयवासी प्रभावित भएका छन् ।
बाढीले कृषियोग्य, उर्वरभूमी, सामाजिक सेवाका वस्तु, विद्युत्
प्रशारणलाइन, कोइलाखानी र रेलवे सेवा समेत नराम्ररी क्षती पुर्याएको छ
।'ताइपून बोलाभेन' नामक मुसलधारे वर्षा र हावाहुरीका कारण अगस्ट महिनाको
अन्त्यतिर मुलुकभर ठूलो क्षती भएको थियो । उत्तर कोरियामा हरेक वर्ष
मनसुनी वर्षाका कारण निकै ठूलो जनधनको क्षति हुने गर्दछ । सो वर्षाबाट
वर्षेनी हजारौं नागरिक प्रभावित हुने गर्दछन् ।
गतवर्षमात्र पनि बाढीका कारण दुई सयभन्दा बढीको ज्यान गएको थियो । यसवर्ष
बाढीको त्रास अझै नटरिसकेको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन् ।
रासस/सिन्ह्वा

No comments:

Post a Comment