Monday, September 10, 2012

राजाका अगाडि कुमारी कन्याहरुको नांगो परेड (फोटोफिचर सहित)

आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका
जनताले के गर्लान् ? यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष
भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफि्रकी देशमा भने राजाप्रति सम्मान तथा एकता
पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका
छन् ।
अफि्रकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका
राजले बिहे गर्नकालागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै
जुलुस निकाल्न लगाएको विषयलेकेही समयअघि चर्चा र विवाद उत्पन्न गराएको
थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो

तर यो पटक भने राजधानीस्थित राजदरबार बाहिरै आयोजित एक भव्य समारोहमा
हजारौँ महिला तथा युवतीहरु स्वतःस्फर्ूत रुपमा टपलेस भएर राजका अगाडि
परेड देखाए । परम्परागत पहिरनमा सजिएका महिलाहरुले तल्लो वस्त्र लगाएका
भएपनि अधिकांसको सरीरको माथिल्लो भाग नांगो थियो । जसका कारण उनीहरुका
स्तन देखिएका थिए ।
खासगरी राजारानीका आमाप्रति श्रद्धा प्रकट गर्नउनीहरुले महिलापन र
कुमारीत्वका गाथा गाएर नाच समेत प्रस्तुत गरेका थिए । वास्तवमा महिला
हुनु भनेको गर्वको विषय हो भन्ने कुरा देखाउन महिलाहरुले यसो गर्ने गरेका
बताइन्छ ।
टपलेश परेडमा सहभागि एक १८ वर्षीया किशोरीले आफु स्वाजिल्याण्डको नागरिक
तथा कुमारी केटी हुन पाएकोमा गर्व महसुस भएको बताउँदै आफु राजासँग
एक्येबद्धता जनाउन त्यहाँ आएको बताइन् ।
स्वाजिल्याण्ड अफि्रकाको सबैभन्दा गरीब देश मध्येको एक हो । यहाँका
राजाका मसवाती तृतीयका कम्तिमा एक दर्जन श्रीमतीहरु रहेको बताइन्छ । देश
गरीब भएपनि राजा भने धनकुवेर नै रहेको र उनको २० करोड अमेरिकी डलर
सम्पत्ति रहेको बताइन्छ ।....source onlinekhabar for more pic
http://onlinekhabar.com/2012/09/198687.html

No comments:

Post a Comment