Thursday, September 20, 2012

‘भो, अब अति भयो

४ असोज, काठमाडौं । 'भो, अब अति भयो ! महिलामाथि हुने हिंसा अब बन्द गरौँ
!' भन्ने नाराका साथ यही असोज ७ गतेका दिन दक्षिण एसियाका महिलावादीहरुको
सञ्जाल 'सङ्गत' र सञ्चारिका समूहको आह्वानमा उर्लंदो सय करोड अभियान
नेपालबाट सुरु हुने भएको छ । "उर्लंदो सयकरोड" महिला र किशोरीमाथि हुने
हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान हो । यसको सुरुआत लेखक, अभिनेत्री
र अभियन्ता इभ एन्सलर र उनको भि–डे नामक संस्थाले गरेका हुन् ।
अभियानमा विश्वका १६० मुलुक आबद्ध भइसकेका छन् । 'सङ्गत' र यसका साझेदार
संस्थाहरुले यस अभियानलाई दक्षिण एसियामा फैलाइरहेको आज यहाँ आयोजित
पत्रकार सम्मेलनमा जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार विश्वका एकतिहाई महिलाले आफ्नो
जीवनकालमा कुटाइ अथवा बलात्कार खप्नुपरेको छ । विश्वका एक सय करोडभन्दा
बढी महिला आज पनि हिंसाबाट प्रताडित रहेको 'सङ्गत' की संयोजक कमला
भासिनले बताए । उनले महिलामाथिको सबै प्रकारको हिंसा अन्त गर्न सामाजिक
भेलको आवश्यकता रहेको र उर्लंदो सय करोड अभियान त्यसैका लागि हो भने बताए
। यो अभियान सेप्टेम्बर १३ देखि बङ्गलादेशमा सुरु भइसकेको छ । दक्षिण
एसियाका आठ देश र म्यान्मारबाट ५० जनाभन्दा बढी महिला र नेपालबाट
पच्चीसभन्दा बढी सामाजिक सङ्घसंस्था र सङ्गतको सहभागितामा काठमाडौँमा यो
अभियान सुरु गरिने भएको छ।
यो अभियानलाई सफल पार्न २०१३ फेब्रुअरी १४ का दिन एक सय करोड महिला तथा
पुरुष सडकमा निस्किएर विश्वभरका अभियानकर्ताहरु सँग ऐक्यबद्धता जाहेर गरी
महिला हिंसाको विरोध गर्न, नाच्न र उर्लंन आह्वान गरिएको छ । रासस

No comments:

Post a Comment