Thursday, September 20, 2012

रक्सि खाएका बाबुले गरे २८ दिने शिशुको हत्या

धनगढी । धनगढी नगरपालिका – १३ जुगेडा गाउँका एक व्यक्तिले गए राति आफ्नै
२८ दिनको शिशुको हत्या गरेको छन ।
जुगेडा गाउँका २० वर्षीय हेमराज जोशीले रक्सीको मातमा शिशुलाई समातेर
भुइँमा पछारेपछि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका
प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
भुइँमा पछारिएर बेहोस भएका शिशुलाई तत्काल उपचारका लागि सेती अञ्चल
अस्पताल पर याइएकामा उपचारकै क्रममा शिशुको मृत्यु भएको बताइएको छ ।
प्रहरीले जोशीलाई गएराति नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

No comments:

Post a Comment