५ असोज,पोखरा। १० दिने धार्मिक भ्रमणको लागि बिहिबार पोखरा आईपुगेका
पूर्ब राजा ज्ञानेन्द्रशाहलाई पहिलो गासमै ढुङ्गा लागेको छ । राजनितिक
दलहरुको बिरोधका कारण उनले पहिलो दिनको म्याग्दी भ्रमण स्थगित गर्नुपर्यो
।
राजनितिक दलहरुको सहमति बिना कुनैपनि भ्रमण नगर्ने बताएका शाहले पहिलो
दिनको भ्रमण स्थगित गरेपछि आजकोलागि आबहन गरिएको म्याग्दी बन्दको
कार्यक्रम पनि फिर्ता भएको थियो ।
आफ्नो बिरोधमा बन्द गरेको स्थानमा पुन भ्रमणको लागिनजाने भन्दै उनले अब
म्याग्दी नजाने सोच बनाएको उनि निकट स्रोतले बतायो ।
भ्रमण तालिका अनुसार उनले शुक्रबार म्याग्दीको भर्तीकल बम शिवालय र
गलेश्वर मन्दिर दर्शन गर्ने थियो । भ्रमण स्थगित गरेका उनी आज दिनभर
होटलमै बसे ।
गण्डकी र धौलागिरीका बिभिन्न जिल्लाको शक्तिपिठ र सुबेच्छुकसंगको भेटको
लागि पोखरा आएका उनि शुक्रबार दिनभर फेवाताल पारिको फिस्टेल लजमा बिताए ।
यद्यपि उनले दिनभर पोखरामा रहेका आफ्ना समर्थकहरुसंग भेटघाट गरेको
स्रोतले बताएको छ । उनलाई भेट्न समर्थकहरुको लजमा दिनभर जसो भिड लाग्यो।
उनको अन्य दिनको भ्रमण कार्यक्रम भने यथावत रहेको स्वागत समितिका सह
संयोजक केशब भण्डारीले जानकारी दिए । उनी शनिबार बाग्लुङ्ग कालिका र
पर्वतको कुष्मास्थित गायत्रीमाता मन्दिरको दर्शन गरी पोखरा फर्किने
कार्यक्रम छ ।
७ गते स्याङ्गजाको गुठिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै
स्थानीय नागरिकसँग भेटघाट गर्ने र ८ गते तनहँुको दमौलीमा
पञ्चमन्दिरकोदर्शन गरी ९ गते पोखराको प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी
मन्दिर दर्शनको लागि नालाकोमुखदेखिकरिब १५ मिनेट पैदलयात्राका साथ मन्दिर
पुग्ने कार्यक्रम रहेको स्वागत समितिले जनाएको छ ।
असोज ११ गते काठमाण्डौ फर्किनु अघि उनले १० गते संचारकर्मीसंग कुराकानी
गर्ने बताईएको छ ।
धार्मिक भ्रमणको नाममा पूर्ब राजा शाह सक्रिय हुन खोजेको भन्दै राजनितिक
दलहरुले बिरोध जनाएपछि उनको पहिलो दिनको भ्रमण स्थगित भएको हो । बिहिबार
पोखरा आउने क्रममा पनि उनको स्वागतमा गरिएको तामझाम र समर्थकहरुले लगाएका
नारा आपत्तीजनक भएको भन्दै कास्कीका बिभिन्न राजनितिक दलहरुले बिज्ञप्ती
मार्फत बिरोध जनाएका छन् ।
No comments:
Post a Comment