असोज, म्याग्दी । माइतीमा तीज मनाएर घर र्फकंदै गरेकी म्याग्दीकी एक चेली
बाटोमै लुटिएकी छिन् । पुलाचौर- ९ पुलाडाँडाकी सरस्वती बानियाँ आज घतानको
ठूलोसल्लेरी र बञ्चरेडिल सामुदायिक वनको सिमानामा लुटेएकी हुन् ।
मल्लाजबाट घर जाने क्रममा एक अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो
हालेर कानमा लगाएको एक तोला बराबरको सुनको गहना लुटेको पीडित बानियाँले
बताउनुभयो । लुटेराले कानबाट जबरजस्ती गहना निकाल्दा बानियाँको काननै
च्यातिएको स्थानीय सम्मरबहादुर थापाले जानकारी दिनुभयो । स्थानीयवासीले
लुटपाट भएको देखेपछि भाग्ने क्रममा लुटेराले मोबाइल भने छोडेको थियो ।
पाँच वर्षको छोराको साथमा घर जाँदै गरेकी बानियाँलाई लुटपाट गर्ने युवा
भने फरार रहेको स्थानीय युवा चक्र चोखालले बताउनुभयो । घाइते बानियाँको
स्थानीयवासीले उद्धार गरेका थिए । बानियाँको स्थानीय स्वास्थ्य संस्थामा
उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment