Friday, September 21, 2012

मेहेनत गर्नेलाई विदेशिनु पर्दैन

मेहेनत गर्नेलाई विदेशिनु पर्दैन
उपेन्द्र लामिछाने, नेपालगन्ज, असोज ५- कामको खोजीमा मुलुकबाट दैनिक हजारौ यूवा विदेशीदै
गरेको समयमा यहाका केही यूवा भने व्यवसायीक सिप सिकेर आफ्नै क्षेत्रमा रमाउदै छन्। मिहेनत गरे
स्वदेशमै कमाउन सकिने आफ्नो अनुभाव बाड्दै उनीहरुले यूवालाई विदेशिनबाट रोकिन आग्रह गरे। 'अलिकती मेहेनत गरे विदेशमा कमाएजति यहि कमाउन सकिन्छ,' बाके कोहलपुरका ३१ वर्षीय गोपाल
सुनारले भने, 'यसको लागी धैर्य र सिपको जरुरी छ।' पन्जावमा रहेका दाज्यूको आग्रहमा ९ बर्ष
भारतमा मजदुरी गरेका उनले ५ बर्षअघि नेपाल फर्केलगत्तै व्यावसायीक तालिम लिएर रेफि्रजेटर मर्मत
कार्य सुरु गरेको बताए। 'उता मासिक ९ सय देखी ३ हजारसम्मा काम गरे',उनले भने, 'अहिले यहा मासिक
१५ हजारको हाराहारीमा कमाउने गरेको छु।' 'यसको आम्दानी बढेकाले एक बर्ष अघ म आफैले दाईलाई स्वदेश बोलाए,' उनले भने, 'पराई देशमा घरजम
गरिसकेका दाई अहिले मेरो काममा सहयोग गर्न यहि बस्नु भएको छ।'दाइले अघिल्लो हफ्ता मात्र
उता रहेका आफ्ना सवै परिवारलाई स्वदेशमै ल्याएको उनले बताए। 'परिवारका सवै सदष्य स्वदेशमै बसेर काम
गर्न पाउदा खुसी हुने गोपालका दाई दुर्गावहादुरले सुनाए। 'पहिला मैल्ये बोलाए',उनले भने, 'उसले स्व्देशमै
काम गरेर मलाई फर्काएको छ।' यस्तै अनुभव छ मोटरसाईकल वर्कसप खोलेर बसेका एहसान अलिको। एसएलसीमा असफल भएपछि ३
बर्षअघि तालिम लिएका उनले सिप सिकेर स्वदेशमै काम गर्न छाडी विदेश जानु वेकार रहेको सुनाए। 'मेरा साथीहरु विदेशजाने भिसाको पछि लाग्दा मैल्ये तालिम लिन थाले,' उनले भने, 'तालिम
पछि खोलेकेा पशलबाट अहिले मासिक १५ देखी २० हजारसम्म आम्दानी हुने गरेकेा छ।' स्वदेशमै बसेर
कमाउदा आर्थिक सम्पन्नतासंग पारिवारीक सुख पनि मिल्न उनले सुनाए। कोहलपुर-३ स्थित न्यू राप्ती ग्रिल उद्योगका ३० बर्षिय प्रेमकुमार विकपनि सिप सिकेर स्वदेशमै
काम गर्दा विदेशीने झन्झट नआउने सुनाउछन्। 'पढाईसंगै व्यवसायीक सिपको जरुरी छ', उनले भने-,
'यसलाई सदुपयोग गरे स्वदेशमा विदेशको जत्तिी कमाउन सकिन्छ।' फलाम कुट्ने बाबुबाजेको परम्परागत पेशालाई आधुनिकरण दिदै आफुले ग्रिल उद्योग खोलेको उनले
सुनाए। अमेरिकी विकाश नियोगका सहयोगमा आय आर्जनका लागी शिक्षा नामक कार्यक्रम मार्फत
तालिम लिएका उनले आफुले पाएको सिप अन्यलाई पनि बाड्दै गरेको बताए। 'अहिले
आम्दानीपनि बढेको छ, दुई चारलाई रोजगारी पनि दिन पाएको छु', उनले थपे- 'आफ्नो कामबाट
घरपरिवारमा सदष्यपनि सन्तुष्ट भएका छन्।' माओवादी जनमुक्ति सेनामा लागेका बाके फत्तेपुरका चालिसवहादुर थारुपनि यूद्धकलाभन्दा व्यवासयीक
सिपले आफ्नो जिवनस्तरमा परिवर्तन आएको बताए। 'यूद्धमा लागेर केही भएन्, उनले भने,
'सिकर्मीका तालिम लिएर काम गर्न थालेपछि आम्दानी बढेको छ।' ५बर्षसम्म
जनमुक्ति सेनामा लागेर विभिन्न घरहरुका नष्ट गरेका उनी अहिले निर्माण कार्यमा सहभागी छन्। 'उतीबेला ग्रिनेट बोकेर विस्फोट गराउन हिड्थे', चालिस सालमा जन्मेका कारण चालिसवहादुर नाम
राखेको बताउने उनले विगत सम्झदै भने-, 'अहिले करौती र हैम्बर बोकेर घर निर्माण कार्यमा जुट्दै छु।'
आय आर्जनका लागी शिक्षा कार्यक्रम अर्न्तगत मध्यपश्चीमका १५ जिल्लामा गरेर ११ हजार ५ सयले
विभिन्न खाले सिपमूलक तालिम लिएको क्षेत्रिय कार्यक्रम संयोजक नरेशसिंह थारुले
जानकारी दिए।

No comments:

Post a Comment