Sunday, September 30, 2012

रक्सीमा लठ्ठ पर्छन नेपाली युवा/ डिस्कोबाटै वेश्यावृत्ति गर्छन नेपाली युवती

१४ असोज, युएई । युएईको चर्को गर्मीमा काम गर्ने पर्वतका रामहरीलाई रक्सी
नखाई निद्रा नै लाग्दैन । मासिक बिस हजार जति तलब पाउने उनको महिना
सकिदाप्राय तलब पनि रक्सीमा नै सकिदोरहेछ । उनी युएई आएको पनि नौं बर्ष
भैसकेछ । शुरुदेखी नै उनी फलामका झ्याल ढोका बनाउने उद्योगमा काम गर्दै
आएका छन् । दिनभरी नै फलामसंग संघर्ष गर्नुपर्ने उनी सांझ त थाकेर लोथ
हुन्छन् । पिर चिन्ता विर्साउने नाममा यस्तो दुख गरेर कमाएको पैसा बचाउनु
पर्छ भन्ने समेत उनले बिर्सिसकेका छन् । शुरुका बर्षहरुमा केही पैसा
बचाएपनि उनले अचेल पैसा बचाउन छोडेका रहेछन् । घरमा रिणतिरिहालें,
परिवारलाई काम गरेर खानलाई खेतबारी टन्नै छ । अब केका लागी बचाउने ?
बांकी जिन्दगी यस्तै हो , अव खाने पिउने मस्ती गर्ने हो ?
६ महिना अगाडी भेट्दा अलि स्वस्थ देखिने उनको स्वास्थ्य अचेल बिग्रीदै
गएको छ । रक्सी र चुरोट नखाई त निद्रा नै लाग्दैनउनलाई पनि, तर उनको भने
घरमा अलि न्युन आय भएकाले आधा तलब भने बचाउदा रहेछन् ।
यतिमात्र होइन, यहांका डिस्को सांझहरुमा नेपालीहरुको राम्रैचर्तिकला
हेर्न पाइन्छ । उनीहले दुख गरेर कमाएको पैसा डिस्कोमा उडाउंछन् । यसरी
डिस्को जाने नेपालीहरुमा मध्यम आय हुने नेपालीहरुको संख्या बढी देखिन्छ ।
तीस चालिसहजार भन्दा बढी मासिक आय हुने थुप्रै नेपालीहरुलाइ सांझपख दुवई
अनि अबुधाविका डिस्कोहरुमा प्रशस्तै भेट्न पाईन्छ । बाहिर खुल्ला रुपमा
रक्सीको खरिद बिक्री नहुने भएकाले डिस्कोमा रक्सी पिउन तथा मोज मस्ती
गर्न पाइने भएकाले यसको अकर्षण अलि बढी नै देखिएको छ । यहाका डिस्को
वारहरुले यहां रक्सी बेच्ने लाइसेन्स प्राप्त गरेका हुन्छन । डिस्को बार
हरुमा रमाइलो गर्दा गर्दै त्यहां आएका युवा युवतीहरुबीच पैसाको वार्गेनिङ
हुन्छ । अझ त्यसमा पनि युवतीहरुले आफ्नो कोठामा लैजानुपर्ने भएमा धेरै
पैसाको लागी वार्गेनिङ गर्छन् । तर केटाको कोठामा जाने स्थिती भएमा अलि
कम पैसामै पनि मान्छन्युवतीहरु ।
कोठामा लैजादा जोखिम मोल्नुपर्ने भएकाले केटीहरुलेआफ्नो कोठामा लैजादा
धेरै पैसाको लागी बार्गेनिङ गर्ने गरेको डिस्कोमै सहभागी एक युवाले बताए
। यसरी डिस्को बाट देह व्यापार गर्ने युवतीहरुले एकरातको लागी कम्तिमा
पांच हजार नेपाली रुपिया लिने गरेको उनको भनाई छ । त्यस्तै काठमाडौका
रविनको त एक रात डिस्को जादां पुरै महिनाको तलब नै एकै रातमा स्वाहा
भएपछि अवदेखी डिस्को नजाने बताउदै उनले भने – "नेपालीहरु पनि थुप्रै
आउछन् ,रमाइलो हुन्छ भनेर आएको रक्सीको तालमा पुरै तलब चट् भएको थाहै
पाइन ।"
यसरी डिस्कोबाट देह व्यापार गर्ने युवतीहरु नेपालीहरु मात्र नभइ अन्य
देशका पनि रहेकाछन् । घरमा श्रीमती भएका कति नेपाली युवा युएईमा नक्कली
श्रीमति राखेर समेत बसेका छन् ।विवाह नभएका जोडी एउटै कोठामा बस्न नपाउने
युएईमा कडा कानुनी व्यवस्था छ , यसरी वस्दा विवाह गरेको सर्टिफिकेट
देखाउनु पर्ने हुन्छ तर पनि यस्तो कानुनी व्यवस्थाको खासै प्रभाव परेको
छैन उनीहरुमा । यसरी बस्नेहरु विवाहित जोडीले लिएको कोठाकोबीचमा फल्याक
वा प्लाइउडले बारेर कोठा भित्र रुम बनाई बस्ने गरेका छन् । यसरी बस्दा
कोठाको भाडा पनि सस्तो हुन्छ उनिहरुलाई । कति युवाहरुले त घरवाट
श्रीमतीले फोन गर्दा समेत काटीदिने वा मोवाइल नै बन्द गरिदिने गरेका
उदाहरण पनि छन् यहां । कसैले घरमा श्रीमतीलाई सुनाइदिएपछि शुरुभयो उनको
राम कहानी । यसो हप्तामा एकपटक नक्कली श्रीमति भेट्ने गरेका उनलाई
नेपालबाट दिनदिनै फोन गरेर घर नगई सुखै दिएनन् परिवारले । अनि उनि घर गएर
श्रीमतिलाई यसो थामथुम पारेर युएई फर्केपछी फेरी कृष्णलिला जारी राखेका
छन् ।
यस्तै, नेपाली युवतीहरुपनि वेश्याबृत्तिमा संलग्न हुने क्रम बढ्दै गएको छ
। श्रीमानको भिसामा आउनेहरु वेश्याबृत्तिमा संलग्न भएको नपाइएपनि सिधै
कामदारको रुपमा आउने नेपाली युवतीहरु अधिकांश वेश्याबृत्तिमा लागेका छन्
। यस्तो पेशामा संलग्न युवतीहरु प्राय गैरकानुनी रुपमा लुकिछीपी बस्दै
आएका छन् । म्यानपावर कम्पनीबाट काममा आउदा भनेजस्तो काम अनि दाम
नपाएकाले काम गर्ने कम्पनीबाट भागेर यस्तो पेशामा लाग्नु परेको गुनासो
गरिन्, एक नेपाली युवतीले ।
यस्तो पेशाबाट आम्दानी पनि राम्रै हुने भएकाले शुरुमा अलि गाह्रो भएपनि
अचेल उनि सन्तुष्ट रहेको बताइन् । यस्तो पेशामा संलग्न नेपाली युवतीहरुको
संख्या पचास भन्दा माथि रहेको उनको भनाई छ । उनका अनुसार फिलीपिनी
युवतीहरु यस्तो पेशामा बढी रहेको र इन्डोनेसियन, चाइनिज ,इन्डियन ,
बंगालादेशी , युवतीहरु नेपालीहरुको अनुपातमा उल्लेख्य रहेका छन् ।
खाडी मुलुकहरुमध्ये नेपालीहरुको राम्रै कर्मथलोकारुपमा परिचित युएईमा
झण्डै एकलाख पचास हजार भन्दा बढी नेपाली युवा युवतीहरु कार्यरत छन् ।
जसमा धेरै जसो निम्न आय भएका र तल्लो दर्जामा काम गर्नेनेपाली हरुको
संख्या नै बढी रहेको यहांको तथ्याङ्कले देखाउछ । घरमा छोरा छोरी वा
श्रीमान विदेश गएको छ पैसा कमाएर ल्याउछ अनि साहुको रिण तिरौला भनि आशा
गरेर बसेका हुन्छन् परिवार । तर नेपाली युवा युवतीहरुको हालत यस्तो छ
युएइमा ।
त्यस्तै , युएइ आउनका लागी मात्रै लाखौ रुपिया म्यानपावर मा बुझाएर
महिनामा दशहजार मात्रै कमाउने नेपालीहरुको संख्या पनि धैरै छ यहां ।
मासिक तिस हजार भन्दा बढी बचाउने नेपालीहरुको संख्या १५ प्रतिशत भन्दा
बढी छैन । हुन त मासिक रुपमा लाख रुपिया सम्म कमाउने नेपालीहरु पनि छन्
यहां, तर त्यस्ता नेपाली हरुको संख्या अत्यन्तै न्युन रहेको छ ।

No comments:

Post a Comment