Tuesday, September 11, 2012

नक्कली प्रमाण पत्र बनाउने चौधरी पक्राउ

२६ भदौ, काठमाडौं । विभिन्न शैक्षिक संस्थाको नक्कली प्रमाण पत्र बनाउने
एवं सरकारी कागज किर्ते गरेको अभियोगमा प्रहरीले श्याम किशोर चौधरीलाई
पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सप्तरी हरिहरपुर–२ घर भर्इ
काठमाडौं १५ वनस्थली बस्ने ३२ वर्षीय चौधरीलाई सोमबार पक्राउ गरेको हो ।
उनलार्इ अनुसन्धान एंव कारवाहीका लागी महानगरीयप्रहरी परिसर, हनुमानढोका
पठाइएको ब्यूरोले जनाएको छ ।
लामो समयदेखि शैक्षिक संस्थाको प्रमाण पत्र, सरकारी कागजातहरु किर्ते,
लगायतका गैर कानुनी क्रियाकलाप गर्दै आएका उनीले एउटा सर्टिफिकेट बनाए
बापत ५ हजार वा सो भन्दाबढी लिने गरेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment