Friday, September 21, 2012

दुर्घटनास्थलमा हाँसेपछि जागिर गयो..(तस्विर सहित)

५ असोज, एजेन्सी ।दुर्घटना स्थलमा हाँसेको तस्विर सार्वजनिक भएपछी एक
चिनियाँ सुरक्षा अधिकृतको जागिर गएको छ।
गएको अगष्टमा भएको दुर्घटनामा याङ देसाई नामक सुरक्षा अधिकृत हास्दै
गरेको तस्विर इन्टरनेटमा सार्वजनिक भएको थियो। ३६ जनाले ज्यान गुमाएको
दुर्घटनास्थलमा जुनियर सुरक्षाकर्मीबाट अपडेट लिँदै गर्दा याङ हासेका
थिए। त्यस्तो दुःखत अवस्थामा पनि उनको अनुहार हाँसो र खुसीको फोहोरा
छुटेको थियो।
तस्विरमा देखाइएको स्थलमा अगष्ट २६ मा बस दर्घटना हुँदा ३६ जनाको ज्यान
गुमाएका थिए।
चिनियाँ अधिकारीहरुले उनले गंभिर अपराध गरेको भन्दै उनलाई जिम्मेवारीबाट
पदमुक्त गरेको बताएका छन।
तस्विरमा हेरौ, कयौं मारिएको दुर्घटनास्थलमा सुरक्षा अधिकृत याङ देसाई हासेका छन्..

No comments:

Post a Comment