Friday, September 21, 2012

ज्ञानेन्द्रलाई जेल हाल्ने आङकाजिको चेतावनी

गोकुल बानियाँ, ५ असोज पोखरा । नेपाल अदिवासी जनजातिमहासंघका महासचिव
आङकाजि शेर्पाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका
छन् ।
पहिला राजाका पालामा गणतन्त्रको कुरा गर्न नपाइए जस्तै अहिले
गणतन्त्रकाबेला राजतन्त्रको कुरा गर्न नपाइने उनको भनाई छ । पूर्व राजा
लाई आफ्ना समर्थक मार्फत राजतन्त्रको नारा उरालेका अधारमा जेल हाल्ने
उनले वताए ।
शुक्रबार पोखरामा आदिववासी जनजाति पत्रकार संघ अनिज कास्कीले पोखरामा
आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पहिले राजतन्त्र विरुद्ध
संघर्ष गर्दा जेल परेका नेताहरुले गणतन्त्रमा राजतन्त्रको पक्षमा बोल्ने
छुट दिनु आस्चर्यको विषय भएको उल्लेख गरे ।
पूर्वराजा धार्मिक भ्रमणको अवरणमा धार्मिक सद्भाव विथोल्न लागिपरेको
उनको आरोप रहेको छ । "पूर्वराजा जुन शैलिमा हिँडिरहेका छन् त्यो नागरिकको
हिँडाई होइन ।", उनले भने,–"उनको अगाडि पछाडि हिड्ने भिडले उनलाई
बडामहाराजाधिराज भनेका छन्, त्यो अप्पत्तिजनक रहेको छ ।" सरकारले
पूर्वराजालाई तुरुन्त जेल कोच्नुपर्ने बताउँदै उनले त्यसो नगरे
आँफुहरुलेनै जेल हाल्ने बताएका हुन् ।
धर्म निरपेक्षता,संघीयता र गणतन्त्रको विरुद्ध बोल्ने र अभिब्यक्ति दिने
जो कोहीलाई कारवाही हुने उल्लेख गरेका उनले अहिले ठुलादलका केही नेता
समेत पूर्वराजाको गाटी बनिरहेको आसंका गरे । पूर्वराजालाई यसरी जे पायो
त्यही बोल्ने भिड जम्मा गरेर हिड्ने छुट दिनुले दलहरु प्रति संका गर्ने
ठाउँ रहेको उनको भनाइ छ ।

No comments:

Post a Comment