Saturday, September 22, 2012

पहिले विवाह गर्न अनुमति त्यसपछि ४ वर्ष जेल सजायको फैसला

५ असोज, एजेन्सी । बेला-बेलामा घट्ने घटनाले हामीलाई निकै अचम्मित पार्ने
गर्छ । यस्तै एउटा घटना चीनको व्यापारिक शहर संघाईमा पनि भएको छ ।
संघाईमा भएको यो घटनाले सबैलाई चकित पारिदिएको छ ।
एक व्यक्तिले आफ्नो प्रेमिकासँग विवाह गर्नका लागी अनुमति माग्दै अदालतमा
पुगेका थिए । उनलाई अदालतले प्रेमीकासँग विवाह गर्ने अनुमति पनि दियो तर
सोही दिन उनलाई एक अर्को मुद्धामा सोही अदालतले चार वर्ष लामो सजाय
पनिसुनाएको छ । यसरी अदालतले पहिलेएक व्यक्तिलाई एकैपटक न्याय तथा सजाय
दिएको छ ।
उक्त व्यक्तिलाई एकैपटक सुखी तथा दु:ख मिलेको थियो । उनले पहिले आफ्नो
खुसीको क्षणलाइ पूरा गरे अनि अदालतले सुनाएको सजाय काट्नका लागि जेल गएका
छन्

No comments:

Post a Comment