Friday, September 21, 2012

नेता आफै भन्छन्, 'देशमा राजनेताको अभाव छ'

५ असोज, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व
प्रधानमन्त्रीमाधवकुमार नेपालले सधैझे आज पनि प्रधानमन्त्री डा. बाबुराम
भट्टराईकोराजीनामा नै सहमतिको पहिो शर्त भएको बताएका छन् ।
गणेशमान सिंह केन्द्रले टोखा गणेशस्थानस्थित गणेशमानको शालिक परिसरमा आज
आयोजित स्मृतिसभामा बोल्दै नेपालले बाबुराम भट्टराईले प्रधानमन्त्री
पदबाट राजीनामा नदिएसम्म देशको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट
समाधान हुनु नसक्ने जिकिर गरेका छन् । सहमतिका लागि प्रधानमन्त्री नै
बाधक रहेको भन्दै नेता नेपालले प्रधानमन्त्रीले राजीनमा दिएर मार्ग
प्रशस्त गर्न माग गरेका छन् ।
देश राजनीतिक तथा संवैधानिक संकटमा फसेको यस घडिमा प्रधानमन्त्री सत्तामा
बसिरहनु उचित नभएको तर्क गरेका छन् । नेपालले दलबीच सहमतिको प्रयास
भइरहेको र सङ्कट अन्त्यका लागि कुनै न कुनै उपाय निस्कने विश्वास व्यक्त
गरेका छन् । उनले वर्तमान राजनीतिक मैदानमा गणेशमानजस्तो पदलोलुपतामा
नलाग्ने एउटा निःस्वार्थी र कर्मठ राजनेताको अभाव रहेको बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले
राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्र अन्य मुद्दाले निकास पाउने
भन्दै पहिलेप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने माग
राखेका छन् । उनले सत्तालाई सर्वोपरीठानेर गरिने राजनीति कहिल्यैपनि
टिकाउ नहुने ठोकुवा गरे ।

No comments:

Post a Comment