Tuesday, September 4, 2012

स्कूल बस दुर्घटना एकको मृत्यु, २५ घाइते

१९ भदौ, काभ्रे । काभ्रेमा भएको स्कुलबस दुर्घटनामा एक जनाको मृत्यु भएको
छ । नालाबाट विद्यार्थी लिन भक्तपुर जादै गरेको बा २ ख १३ २४ नम्बरको
उग्रचण्डी बोर्डिङ स्कुलको स्कूल बस टुकुचा २ मा दुर्घट्ना भएको छ ।
दुर्घट्नामा बसका सहचालको मृत्यु भएको हो । दुर्घटनामा परी २५ जना
विद्यार्थी घाइते भएका छन् । उनीहरुको बनेपा स्थित श्री मेमोरियल अस्पतल
र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । बाटो भाँसिएर दुर्घट्ना भएको
अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन ।

No comments:

Post a Comment