Tuesday, September 4, 2012

'प्रधानमन्त्रीले नेपाली जनतालाई धोका दिए'

१९ भदौ, काठमाडौ । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
एकीकृत नेकपा (माओवादी)ले सत्ता टिकाउनका लागी मात्र संघीयताको
पक्षधरहरुको गठबन्धन निर्माण गरेको आरोप लगाएका छन् ।
रिपोर्टस क्लबले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघियता
पक्षधरहरुको गठबन्धन नाटक मात्र भएको बताएका छन् । उनले भने,' एकीकृत
माओवादी संघीयता पक्षधर हुन्थ्यो भने १२ बुँदे सम्झौता, अन्तरिम
संविधानमा संघीयताको कुरा उठ्थ्यो तर मधेस आन्दोलनले मात्रै यसलाई स्थपित
गर्यो । ' उनले माओवादीले सहमतिको रटान लगाएपनि काम भने मोर्चाबन्दी गरेर
भिडन्त गर्ने गरेको आरोप लगाए ।
संघीयता आउने भयो भनेरै तीन दलले संविधानसभा विघठन गरेको भन्दै उहाँले
फेरि पनि संघीयता, पहिचान, गणतन्त्र, लोकतन्त्र र समावेसीता विनाको
संविधान नेपाली जनताले मान्न नसक्ने स्पष्ट पारेका छन् । यादवले मुलुकको
साँचो भारतमा लगेर छाड्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रघाती
भएको आरोप लगाएका छन् । उनले कुनै पनि देशका राष्ट्रप्रमुखसँग
प्रधानमन्त्रीले एक्लै भेट्नु पनि राष्ट्रघात भएको आरोप लगाए । उनले भने,
'प्रधानमन्त्रीको यो हर्कत नेपाली जनताको लागि धोका हो । यो हर्कतले
देशको सम्मानमा प्रधानमन्त्रीले लात हानेका छन् । यस विषयमा
प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनु पर्छ। ' यस्तो घटनाले
प्रधानमन्त्री र पराष्ट्रमन्त्रीवीच विश्वासको संकट प्रष्ट बनाएको भन्दै
उनले परराष्ट्रमन्त्रीले जागिर खाने काम बाहेक केही गर्न नसकेको दावी
गरेका छन् ।
मुलुकलाई जारी राजनीतिक र संवैधानिक गतिरोधबाट निकाल्नकोलागी दलहरुलाई
राष्ट्रपति डा रामवरण यादवले निश्चित समय सीमा सहित अल्टिमेटम दिनु पर्ने
धारणा व्यक्त गरेका छन् । संरक्षक र पालकको हैसियतले पनि मुलुकलाई असफल
हुन बाट जोगाउन पहल गर्नु राष्ट्रपतिको कर्तब्य भएको यादवको भनाई छ ।

No comments:

Post a Comment