१३ असोज,उदयपुर । नेकपा एमालेकापोलिटब्युरो सदस्य प्रदिप नेपालले
एमाओवादी अध्यक्ष प्रचण्ड बारे कडा टिप्पणी गरेका छन्।शनिवार उदयपुरमा
एमाले क्षेत्रिय भेलालाई सम्वोधन गर्दे उनले प्रचण्ड बोलिको ठेगान नभएको
र स्थाई विचार नभएको मानिस भएको आरोप लगाए। प्रचण्ड बारे थप टिप्पणी
गर्दै नेपालले प्रचण्डको बुद्धि षडयन्त्रकारी,चेतना हिंस्रक र मन कपटी
भएको कडा टिप्पणी गरे।
प्रचण्डलाई कांग्रेस एमालेले बुझ्न नसक्दा समस्या उत्पन्न भएको समेत उनको ठहर थियो।
प्रचण्डकै कारण मुलुकमा निरंकुशता आउन लागेको भन्दै उनले एमाओवादीलाई ठीक
पार्न पत्रकारिता क्षेत्र समेत एक हुनु पर्ने उनले बताए।
नेपालमा लोकतन्त्रको हत्या भए वाक स्वतन्त्रताको पनि अन्त्य हुने र
सञ्चार क्षेत्रमा आपत आऊने उनले बताए ।
नेपालले वर्तमान सरकार रहेसम्म माओवादीसंग कुनै वार्ता नहुने समेत ठोकुवा
गरेका थिए ।
उनले एमाले भित्र एकल जातिय पहिचान सहितको संघियताको कुरा उठाउने आफै
समाप्त भएर जाने समेत दावी गरेका थिए।
आफूलाई मन नपर्नेको औधी खोइरो खन्ने बानी भने नेता नेपालको पुरानै बानी
भएको विश्लेषकहरु बताउँछन्। उनि पहिल्यै देखिनै माओवादी प्रति आक्रामक
थिए ।
Comments:
No comments:
Post a Comment