Sunday, September 9, 2012

चालक सहित एम्वुलेन्स त्रिशुली नदीमा खस्यो

२४ भदौ, नुवाकोट । चारघरे गाविसमा विरामी पुर्‍याएर सदरमुकाम फर्किदै
गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ । चारघरे गाविस र विदुर
नगरपालिकाको सिमानामा रहेको त्रिशुली नदीमा बा ८ च ७९६० नम्वरको
एम्वुलेन्स सडकबाट नदीमा खसेको थियो ।
करिव ११:३० बजे नदीमा खसेको एम्वुलेन्स र त्यसका चालक नुवाकोट किम्ताङ-७
का चन्द्रबहादुर तामाङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय
नुवाकोटले जनाकारी दिएको छ । एम्बुलेन्समा अन्य व्यक्ति पनि रहेको
बताइपनि यकिन भइसकेको छैन ।
घटनास्थलमा एउटा झोला, गाडीको सिट र चालकको मोवाइल तथा पर्स फेला परेको छ
। नदीमा पानीको वहावउच्च रहेको कारण खोजिकार्यमा प्रभाव परेको बताइएको छ

No comments:

Post a Comment