Sunday, September 9, 2012

सर्लाहीमा प्रहरी र स्थानीयबासीबीच झडप, एकको मृत्यु

२४ भदौ, काठमाडौं । सर्लाहीमा आइतबार दिउँसो प्रहरी र स्थानीयबासीबीच
भएको झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
करिव २ महिना अघि बिग्रिएर मर्मतका लागि लगेको विद्युतको टान्समिटर अर्कै
गाउँमा लैजान लागेकोथाहा पाएपछि स्थानीयबासीले पूर्व पश्चिम राजमार्गको
मलंगवा-नवलपुर सडक खण्ड अवरुद्ध पारेका थिए । अवरुद्ध सडक खुलाउने क्रममा
प्रहरीले बल प्रयोग गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले हानेको
लठीले लागेर लक्ष्मीपुर४ का ५० बषिर्य इजहार पमरियाको ज्यान गएको हो ।
घटनापछि आक्रोसित स्थानीयबासीले कैदीलाई लिएर गएको इलाका प्रहरी कार्यालय
बरहथवाको बा १ झ ७४ ४५नम्बरको भ्यानमा आगो लगाइदिएका छन् ।
झडप नियन्त्रण गर्न केही राउण्ड हवाइ फायर पनि गर्नुपरेको प्रहरीले
बताएको छ । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment