Wednesday, September 19, 2012

कुवेतमा नेपालीलाई ३० लाख रुपैयाँको उपहार

असोज, कुवेत । कुबेतस्थित वातानिया टेलिकमको मोवाइलमा पैसा रिर्चाज
गरेवापत दिईदै आएको 'विक्ली लक्की ड्र' यो साता एक नेपाली श्रमिकले
जितेका छन् । दोलखा काभ्रे गाविस मैना पोखरी घर भएका विनोद कुमार बस्नेत
टेलिकमको अफरका विजेता बनेका हुन् । १ केडी रिचार्ज गर्दा दश हजार
(१०,०००केडी )को उपहार योजनामा यो साता विनोद भाग्यशाली ग्राहक बन्न सफल
भएका हुन् । बर्तमान बिनिमय दरअनुसार कुबेतको एक दिनार बराबर नेपाली
रुपैयाँ ३ सय १० भन्दा माथि हुन्छ । यसअर्थमा विनोदले नेपाली ३० लाख
भन्दा धेरै रकम पाउनेछन् । पुरस्कार परेको भन्दै वातानिया टेलिकमबाट धेरै
पटक फोन आउँदा पनि विनोदले पत्याएनन् । स्थानीय नेपालीहरुले पुरस्कार
जितेको सत्य भएको बताएपछि उनी टेलिकमको कार्यालय पुगेका थिए । करिव साढे
४ बर्षअघि बैदेशिक रोजगारीका लागि कुवेत प्रबेस गरेका बिनोद बस्नेत
ट्रान्जिप्को कम्पनीमा मासिक ६० केडी तलबमा काम गर्दै आएका छन् ।
पुरस्कार जितेपछि दङ्ग परेका बिनोद ३ महिनापछि नेपाल फर्कने योजना
बनाइरहेका छन् । प्राप्त रकमले छोरीको बिवाह गरिदिने र घर बनाउने योजना
बनाइरहेका छन् ।

No comments:

Post a Comment