Saturday, September 22, 2012

मात्र चम्चाको सहयोगमा जेलबाटै भागे ३ कैदी

६ असोज, एजेन्सी । पञ्जाबको लुधियानाराज्यको ताजपुर रोडमा रहेको सेन्ट्रल
जेलबाट पर्खाल भत्काएर बुधबार राती तीन जना कैदी भागेका छन्। उनीहरूलाई
प्रहरीले १६ घण्टा पछी रेलल्वे स्टेशनबाट पक्राउ गरेको छ ।
ती कैदीहरूले आफूसँग रहेको चम्चाको प्रयोग गरेर पर्खाल भत्काई जेलबाट
बागेका थिए । ती कैदी सहित अन्य ६ जना कैदी मिलेर पर्खाल भत्काएको उक्त
जेलका प्रहरीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूलेजनाएका छन् ।
रातको १ बजे जेलमा रहेका सुरक्षाकर्मीले ती कैदीहरुलाई हेरेर फर्केपछि
उनीहरूले चम्चाको प्रयोग गरेर पर्खालको एक ईँटा निकाले र त्यहीबाट अन्य
ईटा एक-एक गर्दै निकाले र मानिस छिर्न सक्ने प्वाल बनाए । प्वालबाट
उनीहरू मध्ये चार जना निस्किए भने जेलमा रहेका अन्य ४ जना भने जेलभित्र
नै रहेका थिए । उक्त प्वालबाट निस्केपछी ती ४ कैदीले ठूलो पर्खाल पनि
नाघ्नुपर्थ्यो। यसका लागी उनीहरुले एक साथीले आफ्नो जिउमा चढाएर पर्खालको
माथीसम्म पुर्याए। त्यसपछी माथी पुगे उक्त कैदीले लुगाको डोरी बनाएर अन्य
दुईलाई माथी तान्यो भने अर्का एक कैदी नशामा रहेकाले त्यही ढल्यो र उसलाई
त्यही नै छाडिदिएर ती तीन कैदी भागे ।
घटनाको करिब एक घण्टापछि मात्र प्रहरीले थाहा पाएकोथियो ।
यसरी कैदी भागेपछी प्रहरीले भागेका कैदीको खोजी गर्न थाल्यो र अन्य
थानाहरूमा पनि यसबारे जानकारी दियो । यही जानकारी अनुसार ढन्डारी प्रहरी
चौकीका प्रहरीले रेल्वे स्टेशनबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

No comments:

Post a Comment