Tuesday, September 11, 2012

क्याप्टेन पारसले भने- ‘हामी चाँडै वर्ल्डकप खेल्छौं’

२६ भदौ, काठमाडौं । मलेसियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ को
बिजेता नेपाली टोलीको भव्य स्वागत भएको छ ।
डिभिजन थ्रीमा उक्लिएर नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक
सफलता दिलाउँदै मंगलबार विहान स्वदेश फर्किएको विजेताटोलीलाई समर्थकहरुले
पञ्चेवाजा सहित भव्य स्वागत गरेका हुन् । राष्टिय खेलकुद परिषद्का सदस्य
सचिव युवराज लामा र क्यानका महासचिव अशोकनाथ प्याकुरेलले खेलाडीहरुलाई
माला, खादा र अविर लगाएर स्वागत गर्नुभयो ।
नेपाली टोलीका कप्तान पारस खड्काले नेपाल सक्षम बन्दै गएको भन्दै छिट्टै
वर्ल्डकप खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो-'आजको भोलि नै विश्वकप
खेल्ने भन्ने हुँदैन । वातावरण बन्दै गयोर खेलको लय यस्तै रहृयो भने हामी
चाँडै वल्र्डकप खेल्छौं । चाहे त्यो २०-२० होस वा अण्डर-१९ वा एक दिवसीय
।'
उहाँले निकै ठूलो मेहनतपछि नेपाल डिभिजन थ्रीमा उक्लिएको बताउनु भयो ।
कप्तान पारसले भन्नुभयो-'उहाँसम्म आउन हामीले धेरै मेहनत गर्नुपर्‍यो ।
टिममा मौका पाएका सबै खेलाडीले आफूलाई प्रुभ गरेका छन् र हामीले
परिश्रमको फल पाएका छौं ।' उहाँले नेपालमा अझै क्रिकेटमा लगानी नभएको
भन्दै राष्ट्रिय लिग आयोजना गर्ने र लगानी बढाउने वातावरण मिलाउन आग्रह
गर्नुभयो ।
प्रशिक्षक पुबुद्धु दशानायकेले नेपाली क्रिकेट अझ अगाडी जान सक्ने बताउनु
भयो । नेपालले सोमबार डिभिजन ४ को फाइनलमा अमेरिकालाई ८ विकेटले हराउँदै
उपाधी हात पारेको थियो । प्रतियोगितामा अपराजित रहेको एकमात्र टोली नेपाल
डिभिजन ३ मा बढुवा भएको छ । यो नेपाली टोलीको अहिलेसम्मकै ठूलो सफलता हो

यसले नेपाललाई विश्वकप क्रिकेटको सम्भावना पनि देखाएको छ । अब सन् २०१३
को अपि्रलमा नेपालले डिभिजन थ्रीमा खेल्नेछ । डिभिजन थ्रीमा डिभिजन
फोरबाट बढुवा भएका नेपाल र अमेरिकासँगै पपुवा न्यूगिनी, हङकङ, ओमन र इटली
छन् । विश्वकपको सम्भावना कायमै राख्न नेपालले डिभिजन थ्रीको फाइनलसम्म
पुग्ने पर्नेछ । डिभिजन थ्रीको फाइनलमा पुग्ने दुई टिमले सन् २०१४ मा
वल्र्डकप क्वालिफायरमा सहभागी हुन पाउने छन् । त्यसमा शीर्ष दुईमा पर्न
सके नेपालले विश्पकप खेल्नेछ
more photos on http://onlinekhabar.com/2012/09/200179.html

No comments:

Post a Comment