Wednesday, September 19, 2012

दुबईको भिषा पाउन विश्वविद्यालयस्तरको शिक्षा अनिवार्य

३ असोज, दुबई । दक्षिण एसियाली मुलुकका पर्यटकलाई संयुक्त अरब इमिरेट्सको
भिषा लिन अब उप्रान्त विश्वविद्यालयस्तरको शिक्षा आवश्यक पर्ने भएको छ ।
यो व्यवस्थाले दक्षिण एशियाली मुलुकका अदक्ष कामदारलाई दुबई प्रवेशमा
समस्या उत्पन्न हुने देखिन्छ । गल्फ न्युज नामक दैनिक पत्रिकाले
अध्यागमनका वरिष्ठ अधिकारीलाई उल्लेख गर्दै भारत, पाकिस्तान, बङ्गलादेश,
श्रीलङ्का तथा फिलिपिन्सबाट आउने 'इलेक्ट्रिसियन', 'पाइप फिटर',
'डकर्मी', कृषि कामदार, गाडी चालक, सुचिकार, सफाइ कामदारलाई पर्यटकको
भिसा लिन प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ ।
ती अधिकारीले दुबईमा पर्यटकको रूपमा प्रवेश गर्न दक्षिण एशियाका अन्य
मुलुकहरुलाई पनि विश्वविद्यालयको प्रमाणपत्र अनिवार्य आवश्यक पर्ने नयाँ
व्यवस्था गरिएको पनि उल्लेख गरेका छन । दुबईमा पर्यटक भिसा प्रायः होटेल,
विमान सेवा तथा ट्राभल एजेन्ट्सको सहयोगमा प्राप्त हुनेगर्छ । हाल
संयुक्त अरब इमिरेट्समा र विशेष गरी दुबइमा सन् २०११ मा पर्यटकको सङ्ख्या
निकै बढेको देखिएको छ । यस मुलुकमा दशौँ लाख विदेशी कामदार काम गरिरहेको
देखिएको छ । रासस

No comments:

Post a Comment