Tuesday, August 28, 2012

होटल र लजमा प्रहरीको विशेष निगरानी

विराटनगर, भदौ १२- विराटनगरस्थित प्रहरीले होटल लज एवं रेष्टुरेण्टहरुमा विशेष निगरानी बढाएको बताएको छ। विशेषगरी दिउँसो १ बजेदेखि राति अबेरसम्म नगर क्षेत्रमा प्रहरीको क्रियाशीलता बढेकै कारण होटल तथा लज भाडामा लिई यौनजन्य क्रियाकलाप गर्ने मानिसहरु त्रसित भएको प्रहरीले बताएको छ।
यही सन्दर्भमा विगत एक हप्तामा दर्जनौं व्यक्ति होटल तथा लजमा पक्राउ परेको र पहिलो चरणमा उनीहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएको प्रहरी निरीक्षक मनोजित कुवँरले बताए।
प्रहरीको यस्तो अभियानबाट आपराधिक क्रियाकलापमा संलग्न १२ जनालाई सार्वजनिक मुद्दामा कारवाही सुरु भएको र ज्यान मार्ने मुद्दामा फरार र विराटनगर -१४ निवासी सन्दीप शर्मा पनि पक्राउ परेको जानकारी दिए। रासस

No comments:

Post a Comment