Tuesday, August 28, 2012

भारतसँग नेपाल बराबरीमा

काठमाडौं, भाद्र १२ - भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको नेहरु कप फुटबल मा नेपाल र घरेलु टिम भारतबीच भइरहेको खेल बराबरीमा टुंगिएको छ । खेल अबधिभर कुनै पनि टिमले गोल गर्न सकेनन् ।
दोस्रो हाफमा समय खेरफालेको अभियोगमा नेपालका रोहित चन्दलाई रेफ्रीले एल्लो कार्ड देखाएका थिए । खेलको अन्तिम समयमा नेपाल तर्फका विकास क्षेत्रीले रेड कार्ड पाएका छन् । विकास क्षेत्रीको बहिर्गमनसँगै १० खेलाडीमा सीमित नेपालले भरतसँगको खेलमा अपेक्षित सन्तोष जनक खेल प्रदर्शन गरेको थियो ।
जितको खोजीमा रहेको नेपाल लक्ष्य चुम्न भने असमर्थ रह्यो ।
यसअघि नेपालले खेलेको दुई खेलमा पराजित हात लागेको थियो । माल्दिभ्ससँगको पहिलोखेलमा २–१ र क्यारुणसँगको दोस्रो खेलमा ५–० को हार ब्यहोरेको थियो । भारतले भने यसअघिका दुवै खेलमा जितेको थियो ।
भारतले यसअघि सिरिया र माल्दिभ्सलाई हराएको थियो ।

No comments:

Post a Comment