Monday, August 27, 2012

विमानस्थल ठेकेदारसँग पैसा लिएको माओवादीद्धारा स्वीकार (भिडियोसहित)

११ भदौ, पोखरा । एकीकृत नेकपा माओवादी कास्कीले पोखरा विमानस्थल बनाउने ठेकेदारसंग पैसा लिएको स्वीकार गरेको छ ।
सोमबार माओवादी पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि माओवादी कास्कीका इन्चार्ज झलकपाणी तिवारीले ठेकेदारसगं पूर्व सभासद राजकाजी गरुङ ‘करण’मार्फत पैसा लिएको स्वीकार गरेका हुन् । ५० लाख कमिशन नलिएको जिकिर गरेका उनले कति पैसा लिएको भने खुलाएनन् ।
तिवारीले पार्टीको लागि पैसा लिएको भन्फ्नादै करणको बचाउ गरे । ‘पार्टीका लागि सहयोग लिएको हो । कुनै नेताको लागि होइन-उनले भने ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन माग गर्दै आन्दोलन चर्किरहेको बेला माओवादीले विमानस्थल बनाउने ठेकेदारसँग पैसा लिएको सार्वजनिक भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले पोखरामा प्रशिक्षण दिइरहेका बेला कार्यकर्ताले नै यसबारे प्रश्न गरेका थिए ।
सुरुमा पूर्वसभासद् ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला चलेपछि रहस्य खुल्दै गएको एमाओवादीका एक कार्यकर्ताले बताए । उनले भने-’शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै-थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।’
विवाद बढेपछि साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए । उनले रकम विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब-किताब समेत सार्वजनिक गरेका थिए ।
नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ ।
भिडियो हेर्नुहोस
यो पनि पढ्नुस्http://onlinekhabar.com/2012/08/195757.html

No comments:

Post a Comment