Saturday, August 18, 2012

'हत्या आरोपित भारतीय मन्त्री नेपाल भागेको आशंका'

काठमाडौ, भाद्र २ - एक युवतीलाई यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लागेका भारतका पुर्वमन्त्री गोपाल गोयल काँडा भागेर नेपाल आएको आशंका गरिएको छ ।
भारतको हरियाणा राज्यका पुर्व मन्त्री काँडा दिल्ली प्रहरीले खोजी गर्न थालेपछि भागेर नेपाल आएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । 'टाइम्स अफ इडिण्या'को शुक्रबारको अंकमा कान्डा नेपाल भागेपछि उनलाई पक्राउ गर्न दिल्लीबाट भारतिय प्रहरीको बिशेष टोली नेपाल आएको उल्लेख छ । उनीहरुले कान्डालाई पक्राउ गर्न नेपाल प्रहरीसंग मदत मागेको समेत उल्लेख गरेका छन् ।
दिल्लीको उच्च प्रहरी उद्धत गर्दै उसले कान्डाका बहिनी ज्वाई बन्टी बंशलले नेपालमा ४० मिनेट फोन कुरा गरेको देखिएपछि उनी भागेर नेपाल आएको अनुमान गरिएको हो । ११ दिन देखी फरार कान्डाका नातेदारको फोन डिटेल्स निगरानीमा राखेको दिल्ली प्रहरीले बशंलको नेपालमा सम्पर्कभएको आधारमा यो अनुमान गरेको हो ।
फोन डिटेल्सकै आधारमा भारतीय प्रहरीले बंशललाई बुधबार दिल्लीमा पक्राउ गरेको थियो । त्यसैलाई आधार मानेर भारतिय सञ्चार माध्यमले कान्डा पक्राउबाट बच्न नेपाल आएको बताउँदै आएका छन् । 'द हिन्दु, 'ईण्डिया टुडे' र 'एनडिटिभी' लगायत अन्य भारतिय अनलाईन र छापा माध्यममा नेपाल भागिसकेका सामाचार छन् ।
नेपाली अधिकारीले कान्डाका बारेमा केहि जानकारीनभएको बताए । केन्दि्रय प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले कान्डा अहिलेसम्म कुनै पनि नाकाबाट नेपाल प्रवेस गरेको नपाइएको बताए । 'प्रहरी रेकर्डमा त्यस्तो भेटिएको छैन' उनले भने । भारतिय पक्षबाट कान्डाका बारेमा औपचारिक वा अनौपचारिक कुनै प्रकारको जानकारी समेत नआएको उनको दावी छ ।
कान्डाले आफ्नै एयरलाइन्स कम्पनी 'एमडिएलआर' की एयरहोस्टेज २३ वर्षीया गीतिका शर्मालाई यातना दिएर आमहत्या गर्न बाध्य बनाएको आरोप छ । गीतिकाले अगष्ट ५ (साउन २१) गते आफ्नो फ्याल्टमा झुण्डिएर आत्महत्या गरेकी थिईन् । एडिटिभीका अनुसार गितीकाले सुसाइड नोटमा मन्त्री काँडा र एयरलाइन्सकै कर्मचारी अरुना च्ढढाले दुर्व्यवहार गरेको उल्लेख गरेकी छिन् । पोष्टमार्टम रिर्पोटमा गीतिका माथी बलत्कार भएको उल्लेख थियो ।

No comments:

Post a Comment