Sunday, August 26, 2012

बागमती नदीमा अझै १६ जना बेपत्ता, खोजी जारी

१० भदौ, रौतहट । रौतहटको गम्हरीया स्थित बागमती नदीमाडुंगा डुव्दा बेपत्ता भएकाहरुको आज विहानैदेखि खोजीकार्य जारी राखिएको छ । शनिबार भएको डुँगा दुर्घटनामा हराइरहेका ३० मध्ये १४ जना गएराती अवेर सम्पर्कमा आएपनि अझै १६ जनाको अवस्था अज्ञात रहेको छ । डुँगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मुत्यु हुनेमा गम्हरिया-७ निवासी १८ वर्षीया रजीया खातुन, १३ वर्षीया अवसना खातुन र ३५ वर्षीया मिसरता खातुन रहेका छन् । ३५ वर्षीया सएरा खातुनलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने शेष मुतिमलाई सकुसल उद्धार गरिएको थियो । उनीहरूको सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीलेखोजी गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरू धेरैजसो सर्लाहीमा रहेको खेतमा काम गर्न र घाँस काट्न गएका थिए । अधिकांश महिला थिए । सर्लाही जिल्लाको मानपुरघाटबाट रौतहटको गम्हरीया पर्सातर्फ आउँदै गरेको डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेका कारण पल्टिएको बताइएकोछ । डुङ्गामा करिब ५० यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment