Tuesday, August 28, 2012

यस्तै रहे नेपालमा सहयोग गर्न समस्या : यूरोपियन युनियन

१२ भदौ, काठमाडौं । नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति यूरोपियन युनियनले चासो व्यक्त गरेको छ । युनियनमा आवद्ध देशका राजदूतहरुले मंगलबार कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई भेटेर तत्काल राजनीतिक गतिरोध अन्त्य नभए नेपालमा सहयोग गर्न समस्या हुने बताएका हुन् । ‘
अन्यौलको अवस्थामा सहयोगलाई निरन्तरता दिन समस्या आउँछ’ राजतूतहरुको भनाई उद्धृत गर्दै महामन्त्री सिंहले भन्नुभयो । राजदूतहरुले अरु दलका नेतालाई समेत भेटेर राजनीतिक सहमति कायम गरी अलिहेको अन्योलको अवस्था अन्त्य गर्न आग्रह गर्ने बताएका छन् ।

No comments:

Post a Comment