Wednesday, August 29, 2012

बैद्यले भने- ‘खुमबहादुरलाई लाग्ने अख्तियार प्रचण्डलाई किन नलाग्ने ?’

जनयुद्धको तयारी गर्ने भन्दैएकीकृत माओवादीबाट छुट्टीएर नेकपा-माओवादी बनाएका मोहन वैद्यले प्रचण्डलाई अख्तियारले समात्नुपर्ने बताएका छन् ।
पार्टी चलाउन पैसाको समस्या परेपछि प्रचण्डले मोहन वैद्यलाई आर्थिक सहयोग गर्नेप्रस्ताव गरेको भन्ने समाचारका सन्र्दभमा जनआस्थाले सोधेको प्रश्नमा बैद्यले भने-’यो सब प्रचण्ले नीच बनेर चलाएको हल्ला हो, उनी यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन ।’ आफुले कहिले पनि प्रचण्डसँग आर्थिक सहयोग नमागेको भन्दै बैद्यले भने-’प्रचण्ड अरुलाई पैसा बाँड्दै हिड्ने धनपति कहिलेबाट बने ? उनले कहाँबाट कमाएर ल्याए त्यसरी बाँडने पैसा ? मलाई पैसाको अफर गर्ने साहुजी कसरी बने भनेर जनतालाई जवाफ दिनुपदैन ? शहिद परिवार, घाइते र अपाङ्गचाहि खर्च चलाउन नसक्ने अनि त्यही पार्टीको नेताचाहिं माफिया शैलीमा पैसा अफर गर्दै हिड्ने ? बैद्यले प्रचण्डप्रति आक्रोश पोखे- खुमबहादुरलाई लागेको अख्तियारले नयाँ भ्रष्टाचारीलाई लाग्नुपर्दैन ?’
आफुहरु जनयुद्धको तयारीमा रहेको भन्ने हल्ला पनि प्रचण्डले नै चलाएको बैद्यलेदावी गरे । जनतामा उत्तेजना र त्रास पैदा गर्ने अनि उनीहरु जनयुद्धमा जान लागेको भन्दै दमन गर्ने तयारीस्वरुप हल्लाचलाइएको बैद्यको दावी छ ।
जनयुद्धमा संर्घष गरेको पुरैटीम आफ्नोतिर आएप्छि प्रचण्डले बाँकी रहेका कुडाकर्कट सम्हालेर बसेको बैद्यले टिप्पणी गरे । प्रचण्डको एकता भारतबादी र पूँजीबादीसँगमात्र सम्भव भएको तर आफुहरुसँग एकता हुन नसक्ने बैद्यले ठोकुवा गरे ।

No comments:

Post a Comment