Wednesday, August 29, 2012

विदेसिएका महिला कामदार यौन शोषणमा

१३ भदौ, काठमाण्डौं । अहिले नेपाल बाटो प्रयोग गरेर होस् या भारतीय बाटो प्रयोग गरेर होस् विदेशमा काम गर्न जाने नेपाली महिला कामदारको संख्या ह्वात्तै बढेको छ ।
विदेशमा पैसा कमाउन गएका उनीहरुले विभिन्न लालसामा गएपनि विभिन्न जोखिम मोलेर काम गर्नु परेको बताएका छन् । अझ विशेष गरेर खाडी मुलुकमा घरेलु काम गर्न गएका महिलाहरु बढी मात्रामा शारीरिकदेखि यौन शोषणमा पर्ने गरेको उनीहरुले बताएकाछन् ।
विदेश जाने महिलाहरुलाई परामर्श दिन विभिन्न ठाउँमा परामर्शकेन्द्रको स्थापना भएपनि उनीहरु दलालको लहलहैमालागेर फस्ने गरेको र पछि आएपछि पछुताउने गरेको खबर राजधानी दैनिकले छापेको छ ।
केही समय अघि संयुक्त अरब इमिरेट्स र कतारको नेपाली कामदारको अध्ययनका लागि श्रमतथा रोजगार मन्त्रालयका सचिवको नेतृत्वमा व्यवसायीको टोलीले घरेलु कामदार महिलाहरुमा यस्तो समस्या रहेको तथ्यांक उल्लेखगरेको थियो । टोलीका अनुसार अहिले सबैभन्दा बढी घरेलु कामदार पेसामा कार्यरत महिलाहरुले बढी जोखिम मोल्नुपरेको उल्लेख गरिएको छ।

No comments:

Post a Comment