Wednesday, August 29, 2012

आधा करोडले पनि अमेरिका पुर्‍याएन

१३ भदौ, काठमाण्डौं । गोर्खा च्याङ्ली-४ का देबबहादुर खत्री (नाम परिवर्तन) ब्राजिलबाट फर्केको मंगलबार दुई दिन भयो । अमेरिका जाने सपना देखेर साढे दुई महिना अघि काठमाण्डौं छाडेका उनले आधा करोड रुपैयाँ सिध्याए तर अमेरिका पुग्न सकेनन् । दोहा बोलिभिया हुँदै ब्राजिल पुगेपछि बल्ल छाँगाबाट खसेझैभए-अमेरिका त दलाले देखाएको मीठो सपनामात्रै रहेछ ।
ब्राजिलमा अलपत्र खत्री आफुजस्तै सात साथीसँगै आइतबार काठमाण्डौ आइपुगेका छन् । ‘पैसा त फस्यो, बाँचेर र्फकन सकेकोमा खुसी छु’, अमेरिका छिर्नकै लागि मात्र भनेर बोलिभिया पुगी काठमाण्डौ र्फकदा १२ लाख रुपैयाँ फँसाएका खत्रीले पछुताउँदै भने, ‘अमेरिका पुगेपछि नयाँ जिन्दगी बन्छ भन्ने सपना देखियो, त्यही सपनाले डुवायो,’ नागरिक दैनिकमा खबर छ ।
पोखरा भलाम डाँडागाउँकी अमृता गुरुङले ब्राजिलबाट खत्रीका आफन्तलाई फोन गरी तनहुँ फिरफिरेका दलबहादुर गुरुङ नेपाल आएको जानकारी दिएकी थिइन् । अमेरिका आउने भए काठमाण्डौं बालकुमारीमा बसेका दलबहादुरसँग सम्पर्क गर्न उनले भनेकी थिइन् ।केही बर्ष अघि विभिन्न ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका जाने प्रयासमा बीच बाटोमा फसेपछि ब्राजिलबाट फर्केकी अमृता साओपाओलोस्थित एक व्युटिपार्लरमा काम गदैआएकी छन् ।
अमृताकै सल्लाहमा काम गरेका देबबहादुरले सुन्धरास्थित एक होटलमा दलबहादुर गुरुङलाईभेटी अमेरिका जाने प्रक्रियासुरु गरेका थिए । सातजना साथी लिएर गोर्खाबाट आएका उनलाई दलबहादुरले जसले छिटो कागजपत्र मिलाउनसक्छ उसैलाई पहिले पठाउने भनेपछि देबबहादुरले सवैभन्दा कागजपत्र मिलाएका थिए । उनले काठमाण्डौबाट हिडेदेखि फेरि काठमाण्डौ र्फकने समयसम्ममा दुईहजार दुइसय ७५ डलर पकेट खर्च भएको र जम्मा आधा करोड खर्च भएको सुनाए ।

No comments:

Post a Comment