Monday, August 13, 2012

धादिङमा फेरी अर्को दुर्घटना ९ जना घाइते

रामेश्वर कार्की, धादिङ साउन २९ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडामा आज विहान भएको बस दुर्घटनाका घाइतेको उपचार गर्न काठमाण्डौ पुर्‍याउन नभ्याउँदै गजुरीमा अर्को बसले मोटरसाइकललाई ठक्कर दिएर पल्टिएको छ।
धादिङको गजुरी-२ छहरामा तिव्र गतिमा गुडेको बसले मोटरसाइकललाई ठक्कर दिएर पल्टिँदा ९ जना घाइते भएका छन्। घाइते मध्य ३ जनाको अवस्था गम्भिर छ। काठमाडौंबाट बुटवल जाँदै गरेको लु १ ख ५९८० नम्बरको बसे धादिङबेसीबाट काठमाडौं जाँदै गरेकोबा ३२ प ३६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तिव्र गतीमा गुडिरहेको बस सडक किनारामा पल्टिएको हो। घाइतेहरुको प्राथमिक उपचार गजुरी अस्पतालमा भइरहेको छ। गम्भिर घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

No comments:

Post a Comment