Monday, August 13, 2012

अष्ट्रेलियाद्वारा नेपाल २ सय १२ ले पराजित

काठमाडौं, साउन २९ (नागरिक) - अष्ट्रेलियमा जारी आइसिसी यु-१९ विश्वकप अन्तर्गत आज अष्ट्रेलिया र नेपालबीच भएको खेलमा अष्ट्रेलियाले जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २ सय १२ रनले जित हात पार्‍यो । टस हारेर ब्याटिङमा उत्रेको घरेलु टोली अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो ।
प्रतिउत्तरमा नेपाली टोलीले २३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।
नेपाली बलरहरुले ३५ ओभरसम्म राम्रो बलिङ र फिल्डिङ गरेपनि तेस्रो पावरप्लेपछि लय गुमाएको थियो । ३४ ओभरअघि १ विकेट गुमाएर १ सय ४४ रन बनाएको कंगारु टोलीले बाँकी १६ ओभरमा १ सय ५० रन जोडेको थियो ।
अष्ट्रेलियको तर्फबाट सिटी ब्यान्क्रफ्टले १ सय३९ बल खेल्दै अष्ट्रेलियाको लागि सर्वाधिक १ सय २५ रन बनाएका थिए । यसैगरी ८७ बलमा केआर पिटर्सनले८६ रन बनाए ।
नेपाली बलरले सुरुमा अष्ट्रलियालाई दबाबमा राखेपनि अन्तिम ओभरतिर राख्न सकेनन् ।
नेपालको तर्फबाट राहुल बिक र प्रदिप ऐरीले २/२ विकेट लिए भने अविनाश कर्ण, कृष्ण कार्की, र भुवन कार्कीले एकएक विकेट लिन सफल भए ।
२ सय ९५ रनको विजय लक्ष्य पछ्याएको नेपाली खेलाडीले सुरुदेखि नै ब्याटिङ राम्रो गर्न सकेनन् । चौथो ओभरमा प्रदीप ऐरी आउट हुन पुगे । उनले १० बलमा १ रन मात्रै बनाउन सके सके ।
अष्ट्रेलियाका एचएनए कानवे चम्केपछि नेपालको लगातार ३ विकेट झरेको थियो । उनले ह्याट्रिक गरेको थिए ।
नेपालको तर्फबाट सर्वाधिक रन सागर पुनले बनाए । उनले ३९ बल खेल्दै २२ रन जोड्न सफल भए । यसैगरी राजेश पुलामीले २९ बलमा २१ रन बनाए ।
नेपालले २३ दशमलव ५ ओभरमा सबै विकेट गुमाइ ८२ रन मात्रै बनाउन सक्यो ।

No comments:

Post a Comment