Monday, August 13, 2012

धौलागिरी बहुमुखी क्याम्पस तोडफोडपछि आगजनी

दिलीप पौडेल, बाग्लुङ, साउन २९ - बिबिएस दोस्रो बर्षका विद्यार्थीले धौलागिरी बहुमखी क्याम्पस बाग्लुङमा तोडफोड र आगजनी गरेका छन्। विद्यार्थीहरुले आज बिहान क्याम्पस प्रशासनका टेवुल, कुर्ची लगायतका सामाग्रीलाई बाहिर निकालेर आगो लगाएका थिए।
पटक-पटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा विजनेस लको शिक्षकको व्यवस्था नगरी पढाईमा बेवास्ता गरेको भन्दै तोडफोड गरेका हुन्।
सो क्रममा कुटपिटबाट विद्यार्थी घाईते भएका छन्।
उदण्ड विद्यार्थीको तोडफोडबाट करिव दुई लाख रुपैयाँको क्षति भएको क्याम्पस प्रमुख आनन्द सिलवालले बताए। 'घटनामा कुनै विद्यार्थी संगठनको संलग्नता छैन,' उनले भने।
उच्छृङ्खल विद्यार्थीले प्रशासनबाट कुर्ची निकालेर आगो लगाएको व्यवस्थापनका विभागीय प्रमुख याम प्रसाद शर्माले बताए। 'शिक्षकको व्यवस्था गरेर समय तालिका निकाल्ने तयारी थियो,' शर्माले भने,' तर, क्याम्पसमा क्षति पुर्‍याए ।'

No comments:

Post a Comment