Monday, August 13, 2012

प्रधानमन्त्री भट्टराईद्वारा पद त्यागको घोषणा

मनोज अधिकारी, पोखरा, साउन २९ - प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री पद त्यागेको घोषणा गरेका छन्। पोखरामा आज बिहान निकै निराश मुद्रामा बोल्दै भट्टराईले आफूले आजैका मितिबाट पद त्यागेको घोषणा गरेका हुन्।
उनले आफुले चाहँदा-चाहँदै पनि छोडेर हिंड्न नमिलेको उल्लेख गर्दै पदमा बस्ने लालसा एकमिनेट पनि नरहेको दोहोर्यादए। संविधानसभाले संविधान जारी नगरि अवसान हुँदा आफुलाई ठूलो अभिषाम महसुस भएको पनि उनले बताए।
'म कुर्सीमा टाँसिएर बस्न खोजेको होइन' स्वर्गिय दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा भट्टराईले भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणका लागि मात्रै पदमा बसेको हुँ।'
उनले आजै र तुरुन्तै पदबाट हट्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि विकल्प लिएर आउन खुला आव्हान गरे। यो वा त्यो केही नभनी विकल्पसहित आए आजैबाट पदमा नबस्ने उनले उद्घोष समेत गरे।
'मैले अहिले नै पद त्यागे बराबर माने हुन्छ,' निराश र थकित मुद्रामा रहेका प्रधानमन्त्रीले भने, 'यही मेरो घोषणा हो।'
उनले कसैलाई दोषारोपण गरेर नभई सबैले गल्ती स्वीकार गरी मुलुकको हितका लागि सोच्नुपर्ने बेला आएको औंल्याए। दलहरुबीच सहमति भए संविधानसभा पुनस्थापना वा अर्को संविधानसभा निर्वाचन दुवै विकल्पका लागि आफ्नो दल तयार रहेको जनाउ दिए। संविधानसभा आफ्नो कारणले नभई सर्वोच्च अदालतको फैसलाका कारण अवसान भएको भट्टराईले जिकिर गरे ।

No comments:

Post a Comment