Monday, August 13, 2012

मार्चपासका क्रममा योगगुरु रामदेव पक्राउ

२९ साउन, काठमाडौं । भ्रष्टाचार नियन्त्रण र विदेशमा रहेको कालो धन भारत ल्याउनु पर्ने माग गर्दै संसद भवन अगाडी मार्चपास गर्दै गरेका भारतीय योगगुरु पक्राउ परेका छन् ।
आफ्नो समर्थकहरुसँगै मार्चपास गर्दै संसद भवनतर्फ जाँदै गरेका रामदेवलाई प्रहरीले रन्जितसिंह फ्लाईओभर नजिकैबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा रामदेवले आफ्ना समर्थकहरुलाई शान्ति कायम राख्न अपिल गरेपनि प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि समर्थकहरुले बाटो छेकेका थिए । समर्थकहरुले रामदेवलाई राखेको बसलाई अघि बढ्न अवरोध गरेका थिए ।
यसअघि भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडकरीले रामलिला मैदान पुगेर रामदेवको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । उनको साथमा राष्ट्रिय जनतान्त्रिक गठवन्धनका समन्वयक तथा जनता दल युनाइटेडका अध्यक्ष शरद यादव पनि रामलिला मैदानमा पुगेका थिए।
भ्रष्टाचार र कोलाधनविरुद्ध आन्दोलनरत योगगुरु रामदेवले कांग्रेस नेतृत्वको सरकार आहृवान गरेका छन् । आफ्ना समर्थकहरुको नारावाजीका साथमा रामदेवले भने-कांग्रेस हटाऔं, देव बचाऔं ।’

No comments:

Post a Comment